२०८१ भाद्र २३
                           

लिसंखुपाखरको शिक्षक छनौटमा योग्यता पहिलो प्राथमिकता

चौतारा ,८ माघ
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले  शिक्षक छनौटमा नयाँ अभ्यासको सुरुवात गरेको छ । पालिकाले शिक्षक छनौटलाई भनसुनले नभई योग्यतालाई पहिलो प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ ।

शिक्षक सेवा आयोगको परिक्षामा वैकल्पिक तथा अस्थायी करार योग्यताक्रमको सुचिमा रहेका उम्मेदवारहरुलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखिएको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल विष्टल बताउनुभयो । यसले करारका कर्मचारी छनौट गर्दा नेताका मान्छे राख्ने प्रवृत्तिको निराकरण गरेको छ ।

माध्यमिक तह तृतीय श्रेणी पदको बागमति प्रदेश करार योग्यताक्रम सूचिमा रहेका विज्ञान र गणित विषयका उम्मेदवारहरुलाई आह्वान गरिएको हो । करार योग्यताक्रम सूचिमा परेका उम्मेदवारहरुको निवेदन पेश हुन नआएमा परिक्षा प्रणालीद्वारा पदपूर्ति गरिने समेत गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्