२०८१ भाद्र २३
                           

मन्टेस्वरी तालिम सकियाे,नगर प्रमुखद्वारा सिकेकाे सिप ,ज्ञानलाई व्यवहारमा लागु गर्न निर्देशन

माघ१०,चाैतारा साँगाचाेकगढी नगरपालिकाले वालबिकास सहजकर्ताहरुकाे लागि ५ दिने अावसिय मन्टेस्वरी विधिमा आधारित तालिम सम्पन्न गरेकाे छ ।

नगर प्रमुख कृष्णप्रसाद सापकोटाले तालिममा आर्जन गरेकाे सिप र बिषयबस्तुका गम्भीरतालाई आत्मसात गरि सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागु गर्न निर्देशन दिनुभएकाे छ। शिक्षामा नगरले केहि नयाँपन दिने लक्ष्यसहित स्थलगत अवलोकन सम्पन्न गरेकाे छ ।

साथै शिक्षामा गुणात्मक परिवर्तन गर्ने ध्येयका साथ नगरले बालविकास सहजकर्ता नभएका विद्यालयलाई सहजकर्ता काेटा उपलब्ध गराउने, न्युनतम मापदण्ड अनरुपकाे कक्षाकाेठा व्यवस्थापन , अभिभावक शिक्षा प्रदान गर्दै बालमैत्री वातावरणमा दिगाे सिकाई अार्जन गर्ने वातावरण बनाउने अभियान अर्तरगतकाे पहिलाे यसलाई ५ बर्षसम्म याेजनाबद्द रुपमा कार्न्वयन गर्दै जाने लक्ष रहेकाे मेयर सापकोटाले बताउनुभयाे।

यस्तै उपप्रमुख सीता थापाले हामी सिर्जनात्मक क्षमताको पहिचान गरि पुरस्कृत गर्ने लक्ष्य रहेकाे बताउनुभयाे।

तालिममा सहभागीहरुले यस अघि धेरै कुरा जानेका रहेनछाै भन्दै ५ दिने तालिममा समस्या पहिचान र समाधानकाे बिधि थाह पाएकाे बताएका छन् ।साथै १४ वटै वडामा एकै प्रकारको पाठ्यक्रम निर्धारण गरेर जानुपर्ने सुझाव दिएका छन् ।

तालिममा १० जना प्रशिक्षक र ६४ जना वालबिकास सहजकर्ताहरुकाे सहभागीता रहेको थियाे।

प्रतिक्रिया दिनुहोस्