२०८१ भाद्र २३
                           

कोईकाद्वारा पाँचपोखरी वडा नं ४ मा कृषि सामाग्री वितरण

सिन्धुपाल्चोक ,११ माघ
कोईकाद्वारा संचालित स्वास्थ्य र आय वृद्धि कार्यक्रम मार्फत ग्रामीण समुदायहरुको आर्थिक उत्थान तथा सशक्तिकरण परियोजना अन्तरर्गत पाँचपोखरी गाउँपालिका वडा नं ४ मा कृषि सामाग्री वितरण गरिएको छ । सामाग्री किसानहरुलाई वडा अध्यक्ष कुलबहादुर बस्नेतले वितरण गर्नुभएको हो । तरकारी पकेट क्षेत्र बनाउने र तरकारी बाट आय आर्जन वृद्धि गरी अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ यस पालिकाको वडा ३ मा कोईकाको सहमति र धुलिखेल अस्पताल सँग सहकार्य गर्दै कार्यक्रम गरेको हो ।

यस संस्थाले १९ ओटा समूह मार्फत अर्गानिक तरकारी खेती मौसमी तथा बेमौसमी तरकारी खेतीमा जोड दिँदै कार्यक्रम अगाडि बढाएको छ । उत्पादनमा वृद्धि गर्दै उत्पादन भएको तरकारीको बजारीकरणको लागि स्थानीय सहकारी सँग समन्वय पनि संस्थाले गरेको छ । तरकारी संकलन केन्द्र निर्माण गर्ने र बजारीकरणको लागि १ गाडी समेत दिने संस्थाको योजना छ।

संस्थाले विद्यालयमा स्वस्थ प्रवद्र्धनात्मक कार्यक्रम, विद्यालयमा तरकारी उत्पादन गर्नको लागि विद्यार्थी मार्फत डेमो फार्म गर्ने र समुदाय स्तरमा स्वस्थ सेवा र पहुँचको लागि स्वस्थ घर प्रबर्दन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा कोइका, धुलिखेल अस्पताल, सहमति, पाँचपोखरी गाउँपालिका र सहमति संस्थाको सहकार्यमा अगाडि बढेको हुँदा प्रभावकारी हुने र यस क्षेत्रको जनताहरूको जनजीवनमा आर्थिक अवस्था तथा स्वास्थ्यमा सुधार आउने कुरामा ढुक्क रहेको वडा अध्यक्ष बस्नेतले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्