२०८१ भाद्र २३
                           

चौ.साँ.गढी नगरपालिका १० न.वडाद्धारा टोलटोलमै पुगेर भत्ता वितरण

चौतारा,११ माघ
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० ले वडाभित्र रहेका वृद्धवृद्धा र अपाङता भएकाहरुलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नागरिकलाई सहज बनाउन टोलटोलमा पुगेर भत्ता वितरण गरेको हो ।बैंकसम्म पुग्न नागरिकलाई असहज हुने भएकाले टोलमै पुगेर सामाजीक सुरक्षा भत्ता वितरण गरिएको हो ।

बुधबार प्रतिनिधिसभा सदस्य मोहनवहादुर बस्नेतले सुकुटेमा गई भत्ता वितरण गर्नुभएको हो । बस्नेतले वडाबाट सञ्चालित एकीकृत घुम्ती सेवाको औपचारिक उदघाटन पनि गर्नुभयो । सिन्धु विकास बैंकका कर्मचारी, स्वास्थ्यकर्मी र वडा कर्मचारी सहितको टोलीले प्रत्येक टोलमा पुगि सामाजिक सुरक्षा भत्ता वितरण गर्नेे वडा अध्यक्ष निरबहादुर तामाङले बताउँनुभयो ।

भत्तासँगै वृद्धवृद्धाहरुका लागि न्यानो कपडा, स्वास्थ्य विमा कार्यक्रम र वडाबाट प्रवाहित हुने प्रशासनिक सेवा पनि टोलटोलमा पुगेर प्रदान गरिने अध्यक्ष तामाङको भनाई छ । यसरी टोलटोलमै आएर भत्ता वितरण थालेपछि स्थानीय खुशी भएका छन् । याहाँका स्थानीयलाई बैंक पुगेर घण्टौं लाइनमा बस्नु पर्ने बाध्यता टरेकोे छ । उतm कार्यक्रम वडा नम्बर १० द्धारा सञ्चालित  कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयर सीता थापा, वडा अध्यक्ष नीरबहादुर तामाङ, स्वास्थ्यकर्मी, बैंक कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्