सिन्धुपाल्चोक ,११माघ
सिन्धुपाल्चोककाे सुनकोशी गाउँपालिका–२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फर्ममा आगलागी हुदा ५० लाख बढीको क्षती भएको छ । साे फर्ममा १२० बाख्रा रहेकाे थिए जसमा आगलागीमा परेर ८१ बाख्रा मरेको सुनकोशी २ का वडाध्यक्ष पुर्णबहादुर महतले जानकारी दिनुभयाे ।
आगलागीबाट फर्मको सम्पुर्ण भौतीक संरचना समेत जलेर नष्ट भएको छ । बाख्राका लागि आवश्यक दान लगायत अन्य सामग्रीहरु समेत जलेर नष्ट भएको वडाध्यक्ष महतले जानकारी दिए । स्थानीयको सक्रियतामा आगोलागी नियन्त्रणमा लिइएको थियो ।
स्थानीय जालबहादुर केसीले २ करोड बढी लगानीमा कृषि तथा पशु फार्म सञ्चालनको सुरुवात गरेका थिए । विदेशबाट फर्कीएका एक जना आफन्त सहित मिलेर सञ्चालन गरेको फर्मबाट केही समय पछि नै उत्पादन सुरुवातको चरणमा भएपनि आगालागीबाट सबै क्षती भएको केसीले बताउनुभयाे।
गाउँपालिकाले सहयोग गर्ने
स्थानीय युवाहरुको सक्रियतामा गाउँमा नै आयआर्जन गर्ने उदेश्यले करोडौको लगानीमा सञ्चालन भएको कृषि फर्ममा आगलागी भएपछि युवाहरुको उत्साहलाई कायम नै राख्नका लागि सुनकोशी गाउँपालिकाले सहयोग गर्ने भएको छ । आगलागीको स्थलगत निरक्षणमा पुगेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले तत्कालको लागि गाउँपलिकाले ५ लाख सहयोग उपलब्ध गराउने प्रतिवबद्धता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्