२०८१ मंसिर ६
                           

जुगलले गर्याे निशुल्क जिवन बिमा,जनता खुसि भए मात्रै विकासकाे अनुभुती हुने अध्यक्ष स्याङ्बाेकाे भनाई

चाैतारा,१२माघ

सम्झना कार्की ,सिन्धुपाल्चोककाे जुगल गाउँपालिका द्वारा विभिन्न जनअान्दाेलनका सहिद परिवार ,घाइते परिवार,अति विपन्न तथा विपन्न ३० परिवारकाे जीवन बिमा गरिदिएकाे छ ।याे पालिकाले देशभरका ७५३ वटा स्थानीय तहमध्ये कै पहिलाे पटक जीवन बिमा गरिदिने पहिलाे पालिका भएको छ ।

रिलायवल नेपाल लाईफ इन्स्योरेन्सले जारी बिमालेख सम्वन्धित बिमितहरुलाई गाउपालिका अध्यक्ष रेशम स्याङ्वाेले हस्तान्तरण गर्नुभएकाे हाे।

पालिकाले छुट्टयाइएको ५ लाख रकमवाट १० बर्षे आवधिक जीवन बिमा गरेकाे हाे । याे पहिलाे बर्षकाे १० बर्षसम्म पालिकाले ५ / ५ लाख किस्ता बन्दीमा बिमाशुल्क भुक्तानी गर्नेछ ।अध्यक्ष स्याङ्वाेले याे पहिलाे चरणकाे हाे र आगामी बर्षहरुमा पनि आवश्यकता पहिचान गरि निरन्तर अघि बढाउने याेजना रहेको बताउँनुभयाे ।अब जनप्रतिनिधि र कर्मचारीकाे पनि छिटै बिमा गर्ने बताउनुभयाे ।

यस्तै उहाँले बलेफि हाईड्राे पावर समेत भएको पालिका भएपनि स्थानियले लाभ लिन नसकेकाे उहाँको भनाइ छ।हाईड्राेमा चाहिने जनशक्ति बाहिराबाट अाउने गरेकाे भन्दै अबका दिनमा स्थानिय नै परिचालन गर्ने याेजना रहेकाे बताउँनुभयाे ।
जनता खुसि भए भने मात्रै विकास भएको अनुभुती हुने अाफुलाई हुने अध्यक्ष स्याङ्बाेकाे भनाइ छ ।

इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक राजकुमार गिरीले बिमाकाे विषयमा जानकारी गराउनुभएकाे थियाे भने चाैतारा शाखा प्रबन्धक लक्ष्मण बिष्टले बिमा गरिएका व्यतिmको बिमालेख समय भित्र मृत्यु भएमा परिवारले १ लाख पाउँछन् भने बिमालेख समय सकिएपछि ब्याज सहित सो रकम पाउँनेछन् भन्दै बिमाको अबधि सकिएपछी र बिमितको मृत्यु हुन पुगेमा १ लाख रुपैया खर्च पाउने र बिभिन्न जटिल रोग लागेमा १ लाख उपचार खर्च समेत पाउने बताउनुभयाे । साथै पालिकाकाे याे निर्णय र सहकार्य गरेकाेमा खुसि व्यत गर्नुभयो ।

उक्त बिमालेख हस्तान्तरण कार्यक्रममा रिलायवल नेपाल लाईफ इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक राजकुमार गिरी, चाैतारा शाखा प्रबन्ध लक्ष्मण बिष्ट र पत्रकार बिमकहरुकाे सहभागिता रहेकाे थियोे ।

 

प्रतिक्रिया दिनुहोस्