२०८१ भाद्र २३
                           

माओवादीले बनाउने भयाे पुर्वसभामुख सापकोटालाई उपाध्यक्ष

सिन्धुपाल्चाेक १२, नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्रिप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारी गरेको छ । सापकोटालाई उपाध्यक्ष बनाउने प्रस्ताव आजको स्थायी कमिटी बैठकमा लगेर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरापछिको मर्यादाक्रममा राख्‍ने तयारी गरिएको छ ।

त्यसैगरी सापकोटालाई माओवादी प्रवक्ता बनाउने गरी तयारी रहेको माओवादीका एक नेताले जानकारी दिनुभयो। उपाध्यक्ष महराले प्रवक्ताको जिम्मेवारी लिइरहेका बेला प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सापकोटालाई उपाध्यक्ष बनाएर प्रवक्ता बनाउँदा मिडियासँगको सम्बन्ध पनि थप मजबुत हुने बताइएको छ ।

अब माओवादीमा २१ जनाको पदाधिकारी हुनेछ । सापकोटाका समकक्षीहरू माओवादीमा उपमहासचिव पदमा छन् ।

प्रतिक्रिया दिनुहोस्