२०८१ भाद्र २३
                           

स्काउट अाधारभुत तालिम मेलचाैरमा सुरु

माघ १३,  चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा नगर स्काउटको संयोजनमा मेलचौरमा शिक्षकहरुका लागी एक हप्ताकाे आवासीय तालिम सुरु भएको  छ । तालिमको उद्घाटन गर्दै नगरपालिका प्रमुख कृष्ण प्रसाद  सापकोटाले  नगरपालिका भित्रका विद्यालयमा अनिवार्य स्काउट कक्षा संचालन गर्नुपर्ने र त्यसको लागी आफुले पल गर्ने उल्लेख गर्नुभयो ।

स्काउटको विकासका लागी प्रधानध्यापकको महत्वपुर्ण भुमिका रहने बताउदै मेयर सापकोटाले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । अब शिक्षकहरुलाई तालिम दिने र उनीहरूले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराएर स्वयंसेवी भाव जगाउने, सबल व्यक्ति, सक्षम व्यक्ति बन्नका लागि स्काउटको आवश्यकता तल्लो तहमा छ भन्ने बुझाउन, नैतिक शिक्षा दिन तालिम महत्वपुर्ण हुने उहाँको भनाई थियो ।

उपप्रमुख थापाले समाजमा स्काउटको आवश्यकता र महत्व बढ्दै गएको बताउनुभयो । समाजमा स्वयमसेवक गर्नेहरू घट्दै गइरहेको बेला स्काउटले समाजका विकृति र विसंगतिका विरुद्ध जुध्नका लागि अग्रसर बनाउँदै सकारात्मक सोचका साथ स्वयंसेवी बनाउने गरेको छ ।

नेपाल स्काउटका बागमती प्रदेश कमिटि सदस्य मिना  श्रेष्ठका अनुसार तालिममा  नगरपालिका भित्रका २२ सामुदायिक विद्यालयका १८ शिक्षक र २१ शिक्षिका गरी  ३९ जना  सहभागी भएका छन् ।
१२ गतेबाट सुरु भएको तालिम माघ १७ गतेसम्म संचालन हुनेछ । स्काउटले पछिल्लो समय आफ्नो सक्रियता देखाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्