२०८१ भाद्र २३
                           

दामोदर न्यौपानेको नवौँ कृति ‘घरको शिक्षा’ लोकार्पण गरियो

सिन्धुपाल्चोक,१४ माघ
पत्रकार दामोदर न्यौपाने नवौँ कृति ‘घरको शिक्षा’ लोकार्पण गरिएको छ । शिखा प्रकाशनद्वारा प्रकाशित कृति शनिबार आयोजित समारोहमा प्राडा विद्यानाथ कोइराला, मनोपरामर्शदाता विजय ज्ञवाली, शिक्षक सङ्घका महासचिव लक्ष्मी किशोर सुवेदी लगायतले विमोचन गर्नुभयो।

कृति कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यालय बन्द हुँदा घर सबैभन्दा सुरक्षित स्थान भए पनि बालबालिकालाई सिकाइ र संस्कारसँग जोड्न नसक्दा हुनसक्ने सम्भावित घटना दोहरिन नदिन अभिभावक चनाखो हुनुपर्ने विषयमा केन्द्रित छ ।

न्यौपानेले पुस्तकमार्फत् ‘गते’ र ‘बार’का विभिन्न शीर्षकमा स्रष्टाले घरः संस्कारको जग, महामारीमा नयाँ यात्रा रचनात्मक सिकाइजस्ता विषयमा घर, परिवार, समाज र देशलाई अनुभवमा आधारित शिक्षा प्रदान गर्ने तरिकाबारे ज्ञान दिलाउन खोज्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्