२०८१ भाद्र २३
                           

लोप्चन बेलायतको साङ्गीतिक प्रस्तुतिमा

चौतारा,१४ माघ
तामाङ सोसाइटी अफ युकेद्वारा २८५९ औँ सोनाम ल्होछारको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा गायक आसमान लोप्चनको प्रस्तुति प्रिय बन्दै छ ।

आसमान यति बेला बेलायतका विभिन्न सहरका कार्यक्रममा व्यस्त छन् ।उहाँको मकै त भुट्यो फुल उठ्यो, बल्ल पो तामाङको हुल उठ्यो खान्दोके सेलो गीतले पछिल्लो समय चर्चामा आएको छ । अहिले बेलायतमा सोहि गितले धुमधामका साथ बिभिन्न कार्यक्रम गरी नचाईरहेका छन् ।

तामाङ सोसाइटीको महासचिव मणि तामाङका अनुसार गायक लोप्चनले बेलायतका दुई स्थानमा साङ्गीतिक प्रस्तुति गरिसकेका छन् भने अझै दुई स्थानमा प्रस्तुति दिन बाँकी रहेको बताउनुभयो ।

मौलिक तामाङ सेलो खान्दोके सेलोबाट उदय भएका गायक लोप्चन माघ ४ गते बेलायत प्रस्थान गर्नुभएको छ । एक महिनासम्म बेलायतका विभिन्न सहरमा सांगीतिक भ्रमणमा रहनुभएका लोप्चनले फागुनको पहिलो हप्ता नेपाल आई पुग्ने बताईएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्