२०८१ भाद्र २३
                           

देशलाई अहिले दक्ष शैक्षिक जनशक्तिको आवश्यक छ: मन्त्री दुलाल

सिन्धुपाल्चोक , १५ माघ
सम्झना कार्की  – भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले हाल देशलाई दक्ष शैक्षिक जनशक्ति आवश्यक रहेको बताउँनुभएको छ । आईतबार सिन्धुपाल्चोकको श्री डडुवा भवानी शंकर माध्यमिक विद्यालयको ६२ औ वाषिर्कोत्सव कार्यक्रमलाई सम्बोधन गदै मन्त्री दुलालले यस्तो बताउँनुभएको हो ।

बिभिन्न तहका सर्टिफिकेट जम्मा गरेर मात्रै बस्ने , कर्म गर्न नसक्ने , सिप ,कला , आफ्नो मौलिकतामा डुबेर खान नसक्ने ,काम गर्न नसक्ने ,केहि गर्नुपर्छ भन्ने हेतु नहुने जस्ता जनशक्ति हाम्रो देशको लागी आबश्यक नभएको बताउँनुभएको छ। देशको लागी शिक्षा ,सिपसँगै ,राष्ट्रिय भावना ,श्रमप्रति सम्मान गर्ने ,देशको लागी केहि गर्नुपर्छ भन्ने ,राष्ट्र निमार्णमा गुनस्तरीय जनशक्ति  चाहिएको उहाँको भनाई छ ।

मन्त्री दुलालले भन्नुभयो ,“हामिले केहि परिर्वतन गर्नुपर्छ भन्ने खालको चेतना र बुझाई हुनुपर्छ। समग्र नेतृत्व गर्नका लागी चेतना,योजना, संकल्प ,प्रतिबद्धता,लक्ष्य र कर्मका साथ मिहिनेत गर्न जरुरी छ । विद्यार्थी संख्याका आधारमा जनशक्तिको अभाव भएको भन्दै राज्यले शिक्षाको दायित्व र दायरा बढाउनुपर्छ। ”

आगमी दिनमा थप उत्साहका साथ शैक्षिक विकास हुनेमा विश्वास व्यक्त गर्नुभयो ।विद्यालयको विकास र गुणस्तर विस्तारका लागि समाज, शिक्षक, विद्यार्थी र राज्यका निकायहरु समान रुपमा जिम्मेबार हुने बताउनुभयो । विद्यालयहरु कुनै पनि रुपमा कमजोर छैनन् भन्ने सन्देश दिने गरी शिक्षामा परिवर्तन गर्नुपर्ने कुरामा विशेष जोड दिनुभयो ।

साथै विद्यालयको शैक्षिक एवं भौतिक गुणस्तर विकास र विस्तारका लागि र यस क्षेत्रको समग्र विकासको लागी आफ्नो महत्वपुर्ण योगदान रहने प्रतिबद्धता जनाउदै शुभकामना समेत दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्