२०८१ मंसिर ७
                           

पाचँपोखरीले म्याद गुज्रेका अखाद्य वस्तु मंगलबार विर्षजन गर्ने

पाचँपोखरी,१६माघ
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिकाले म्याद गुज्रिएका अखाद्य सामाग्रीहरुको विर्षजन गर्ने भएको छ । गाँउपालिकाको आठै वडामा अनुगमन गर्दा जफत गरिएका अखाद्य सामाग्रीहरुको भोलि मंगलबार विर्षजन गर्ने पालिकाले एक सुचना जारी गदै जानकारी गराएको छ ।
बजार अनुगमन समितिले माघ ३ गते देखी सम्पूर्ण वडामा अनुगमन गरेको थियो । सो अनुगमनका क्रममा वडा नं १,२ र ८ मा जफत गरिएका अखाद्य सामाग्रीहरु सुचना केन्द्र खाल्डेमा सि.सि. क्यामेराको निगरानीमा भण्डारण गरिएको सुचनामा उल्लेख गरिएको छ ।
उक्त भण्डारण गरिएको अखाद्य बस्तुहरुको विर्षजनका लागी सरोकारवालाहरुलाई सुचना केन्द्र खाल्डे खोलामा उपस्थीत हुन आव्हन समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्