२०८१ भाद्र २३
                           

पाँचपोखरीले गर्यो अखाद्य सामाग्री नष्ट

माघ १७, सिन्धुपाल्चोक- पाँचपोखरी थाङ्पाल गाँउपालिकाले ६ लाख ५७ हजार ८ सय ३ रुपैया बराबरका म्याद गुजे्रका अखाद्य सामाग्री विर्षजन गरेको छ । अनुगमनका क्रममा वडा नं १,२ र ८ मा जफत गरेका अखाद्या सामाग्री प्रबेशद्धार खाल्डे खोलामा विर्जन गरेको गाँउपालिकाका कर्मचारी युवराज भट्टराईले जानकारी दिनुभयो । गाँउपालिकाले आठै वडामा माघ ३ गते देखी अनुगमन गरि अखाद्या सामाग्रीहरु जफत गरेको थियो । अन्य वडाहरुको जफत गरिएको सामाग्री सोही वडामा नष्ट गरिएको भट्टराईले बताउनु भयो ।

जफत गरेका सामाग्रीहरु प्रवेशद्धारमा सि.सी क्यामेराकोको निगरानीमा भण्डारण गरिएको थियो । जनप्रतिनिधि, कर्मचारी, व्यापारी, स्थानियको उपस्थीतिमा सामाग्री नष्ट गरेको हो । बजार अनुगमन गर्दा ठूलो संख्यामा म्याद गुज्रेको सामान भेटिएको गाँउपालिका अध्यक्ष टासी लामाले बताउनु भयो । एक पटकको लागी अभियानको रुपमा नष्ट गरिएको हो । जनताको स्वस्थ्य सँग खेलवाट गर्ने अधिकार कसैलाई छैन ” उहाँले भन्नुभयो । कानुुन विपरित जाने जोकोहीलाई नेपालको कानुन बमोजिम र्काबाहीको दायारामा ल्याउने दाबी गर्नुभयो ।

जफत गरिएका सामाग्रीमा सबैभन्दा पिय पदार्थ ( डिउ, कोकाकोला,स्प्राइट, फ्यान्टा, रेडबुल, जुस जन्य पदार्थ ) बजार मुल्य बमोजिम ३ लाख ३० हजार दुई सय ७० रुपैया बराबरको विर्षजन गरेको छ । त्यस्तै चकलेट, चिजबल,चाउचाउ, मिठाई, जन्य पदार्थ ७३ हजार ४ सय ६० रुपैया बराबर, फेन्सी तर्फ १८ हजार, दैनिक उपभोग्य खाद्यन्न २ लाख ३६ हजार १ सय गरि जम्मा ६ लाख ५७ हजार ८ सय ३ रुपैया बराबरको अखाद्य सामान नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्