२०८१ मंसिर ६
                           

सिन्धु वेलफेयर सोसाइटीले छात्रवृत्ति दिएर पढाइरहेका विद्यार्थीलाई ब्ल्याक हर्सको जुत्ता दिने

सिन्धुपाल्चोक,१७ माघ
सिन्धु वेलफेयर सोसाइटीले आफूले छात्रवृत्ति दिएर पढाइरहेका विद्यार्थीलाई ब्ल्याक हर्सको जुत्ता दिने भएको छ । ब्ल्याक हर्स इन्डष्ट्रिजले उत्पादन गरेको जुत्तालाई सोसाइटीमार्फत् अध्ययन गरिरहेका बालबािलकाले पहिलो चरणमा तीन वर्षसम्म पाउनेछन् । जसमा सिन्धु वेलफेयर सोसाइटीको छनोटमा विभिन्न विद्यालयहरुका निःशुल्क रुपमा अध्ययन गरिरहेका २० जना विद्यार्थीका लागि पहिलो पक्षले दोस्रो पक्षलाई प्रति विद्यार्थी वार्षिक दुई जोर ब्लाक हर्षका जुत्ता उपलब्ध गराउने  भनिएको छ ।

यस्तै जुत्ता दोस्रो पक्षलाई उपलब्ध गराएबापत पहिलो पक्षले कुनै पनि रकम÷शुल्क लिन नपाईने र ३ बर्षसम्मको उक्त अवधि समाप्त भए पश्चात मात्रै दुवै पक्षको आपसी सहमतिमा करार समय थप गर्न सकिने सम्झौता गरिएको ब्ल्याक हर्सका सञ्चालक श्रेष्ठले बताउनुभयो ।
पहिलो पक्षले दोस्रो पक्षलाई उपलब्ध गराएको जुत्ता विद्यार्थीलाई हस्तान्तरण बाहेक अन्य प्रयोजनका लागि उपयोग गर्न नपाईने , विद्यार्थीलाई हस्तान्तरण गर्ने दायित्व दोस्रो पक्षलाई हुने र प्रथम पक्षको कुनै दायित्व नरहने भनी सम्झौतामा उल्लेख गरिएको छ ।

हामी दुवै पक्ष उपर्युक्त सर्त र बन्देजहरु परिपालना गर्नमा प्रतिबद्ध छौं । कुनै पक्षले सर्त बन्देजहरु पालना नगरी अर्को पक्षलाई मर्का पर्न गएमा मर्का पर्ने पक्षले आफ्नो हक कायम गर्न गराउन प्रचलित कानुन अनुसार हक कायम गर्ने गराउने विधि अवलम्वन गर्न हामी दुवै पक्ष सहमत छौं भनी सम्झौतामा लेखिएको छ । सो सम्झौता पत्रमा ब्ल्याक हर्सका सञ्चालक चीनबहादुर श्रेष्ठ र सोसाइटीका अध्यक्ष सूर्यबहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्