२०८१ भाद्र २३
                           

संघिय शिक्षा ऐन ल्याउनुपर्ने खाँचो महसुस गरेको छु : सांसद सापकोटा

सिन्धुपाल्चोक,१७ माघ
सिन्धुपाल्चोक क्षेत्र न.ं१ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा (सुवोध) ले संघिय शिक्षा ऐन ल्याउनुपर्ने खाँचो महसुस गरेको बताउँनुभएको छ । मंलबार जुगल गाउँपालिका वडा नम्बर १ को सेलाङ माध्यमिक बिद्यालयको ६२ औँ बार्षिकोत्सव , अविभावक भेला तथा भूतपुर्व बिद्यार्थी पुर्नर्मिलन कार्यक्रमलाई सम्बोधन गदै उहाँले यस्तो बताउँनुभएको हो । साथै बोल्ने क्रममा मासु भाग लगाए जसरी शिक्षकलाई बिभिन्न भागमा बिभाजन गर्ने बिभेदकारी निति प्रकृया रहेकोले यसलाई सच्याउन आवश्यक  रहेको बताउँनुभयो।

सांसद सापकोटाले शिक्षकहरुलाई एउटै करारसुची तयार पारी आवश्यक सेवासुविधा सहित काममा खटाउदा उचित हुने उहाँको भनाई छ । संगै रत्न राज्यलाई जुगलको केन्द्रीय रुपमा शैक्षिक हप बनाउने तयारीमा लाग्ने जोड दिनुभयो । जसको लागि २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल बार्षिकोत्सवमा ल्याएर ध्यानाकर्षण गराउने पहलकदमीमा लागिपरेको समेत बताउँनुभयो । सांसद सापकोटाले विद्यालयको शैक्षिक एवं भौतिक गुणस्तर विकास र विस्तारका लागि र समग्र विकासको लागी आफ्नो महत्वपुर्ण योगदान रहने प्रतिबद्धता जनाउदै शुभकामना समेत दिनुभएको थियो ।

यस्तै सोहि कार्यक्रमलाई सम्बोधन गदै बाग्मति प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले बिद्यार्थीलाई मात्र पढाएर शिक्षामा परिवर्तन नआउने भन्दै जवसम्म अविभाबक र समुदायलाई पढाउन सकिदैन तवसम्म शिक्षाको गुणस्तर उकास्न नसकिने जनाउनु भयो । सोको लागि अविभावकहरुसंग नजिक रहेर मात्रै वास्तविक कुरा पत्ता लगाउन र सोहिमुताबिक शिक्षण गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रमका विशेष अतिथि जुगल गाउपालिका अध्यक्ष रेशम स्याङ्वोले खेलमैदानको हिसावले जुगलभरकै पहिलो बिद्यालय भएकोले शिक्षाको गुणस्तरमा पनि पहिलो बनाउने दिशामा लाग्न जोड दिनुभयो । साथै उहाँले सिन्धुपाल्चोकको जुगलबाटै शिक्षामा केहि नयाँपन दिन लागिरहेकाले सवैको सहयोगको अपेच्छा राखेको बताउँनुभयो ।

जुगलको सेलाङ माध्यमिक बिद्यालयको ६२ औँ बार्षिकोत्सव , अविभावक भेला तथा भूतपुर्व बिद्यार्थी पुर्नर्मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । यो संगै उक्त बिद्यालय ६१ बर्ष पुरा गरि ६२ बर्षमा प्रबेश गरेको छ । बिद्यालयमा स्थापाना भएको अक्षयकोष बाट गरिब, जेहेन्दार तथा उत्कृष्ठ अंक प्राप्त गर्नेहरुलाई छात्रवृत्ति बितरण गरिएको थियो । साथै बिद्यालयमा सञ्चालित अतिरिक्त क्रियाकलापमा प्रथम, दीतीय र तृतिय हुनेहरूलाई पुरस्कार बितरण गरिएको थियो । साथै पुर्व शिक्षिका मुना बस्नेत सिलवाललाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रम शिक्षक हरी सिलवालकाे उद्घाेषणमा सञ्चालित कार्यक्रममा बिद्यालयकाे प्रधानाध्यापक फिराेज सिलवालले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने शिक्षक तुलाबहादुर सिलवालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बिद्यार्थीहरुकाे बिबिध साँस्कृतिक प्रस्तुति र अविभावककाे घ्याम्पाे फुटाउने रमाइलो खेलले मनाेरञ्जनात्मक भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्