२०८१ कार्तिक २
                           

मेलचौरमा राखिएको एक हप्ते स्काउट आधारभुत तालिम सकियो

चौतारा ,१७ माघ

चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा नगर स्काउटको संयोजनमा शिक्षकहरुका लागी मेलचौरमा राखिएको   एक हप्ते आवासीय तालिम आज मंलबार सकिएको छ ।तालिममा नगरपालिका भित्रका २२ सामुदायिक विद्यालयका १८ शिक्षक र २१ शिक्षिका गरी ३९ जना सहभागी भएका थिए ।

स्काउटले समाजका विकृति र विसंगतिका विरुद्ध जुध्नका लागि अग्रसर बनाउँदै सकारात्मक सोचका साथ स्वयंसेवी बनाउने गरेको छ । सो तालिमले बालबालिकाको व्यक्तित्व विकासका लागि स्काउटले विद्यालयको तल्लो तहसम्म पुगेर काम गर्ने उद्देश्यलाई सहयोग गर्ने छ । १२ गतेबाट सुरु भएको तालिम माघ १७ गते मंलबार समापन गरिएको छ ।

यो तालिमको उद्घाटन नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटा गर्नुभ्एको थियो भने उहाँले नगरपालिका भित्रका विद्यालयमा अनिवार्य स्काउट कक्षा संचालन गर्नुपर्ने र त्यसको लागी आफुले पल गर्ने उल्लेख गर्नुभएको थियो । स्काउटले पछिल्लो समय आफ्नो सक्रियता देखाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्