२०८१ भाद्र २३
                           

शारीरिक रूपमा तन्दुरुस्त हुन खुल्यो चौतारामा जुम्बा

चौतारा ,१८ माघ
सम्झना कार्की – शारीरिक रूपमा तन्दुरुस्त हुन सबैलाई मन पर्छ । उमेर बढदै जाँदा मोटाउने र भुँडी बढ्ने समस्या हुन्छ । फुर्तिलो देखिन धेरैले खाना कटौती पनि गर्ने गरेका हुन्छन् । कोही बिहान हिँड्छन्, खेल्छन् । पछिल्लो पटक यस्ता समस्याले पिरोलिएका व्यक्तिका लागि नयाँ उपाय हो ,जुम्बा डान्स । फिटनेसका लागि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं ५ चौतारा स्थीत न्यु अरनिको रिसोर्टमा अहिले अरनिको जुम्बा केन्द्र खुलेको छ ।

मंलबार एक कार्यक्रमका बिच नगर उपप्रमुख सिता थापाको प्रमुख आतिथ्यतामा उतm अरनिको जुम्बा उद्घाटन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गदै उप प्रमुख थापाले ‘फिटनेस सेन्टरभन्दा यो राम्रो हुने ,नाचेर स्वस्थ भईने , खानामा कटौती गर्न नपर्ने भन्दै स्लिम र आकर्षक देखिन यो जुम्बा उपयुतm हुने बताउँनुभयो । सो उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय वाणिज्य बंैकका प्रमुख , नेपाल राष्ट्र बैंकका प्रमुख लगाएतका व्यतिmत्वहरुको उपस्थीति रहेको थियो ।

जुम्बाबाट महिलाहरुले निकै लाभ लिन सक्ने र शारीरिक तथा मानसिक स्वास्थ्यका लागि प्रभावकारी रहने हुदा आफुले चौतारामा जुम्बा केन्द्र सञ्चालन गरेको टे्रनर मिना थापाले बताउँनुभयो । उहाँका अनुसार जुम्बा डान्समा गीत अनुसारका क्रियाकलाप हुनेछ । गीत बजेसँगै हात फैलाउने, गोडा उचाल्ने, कमर मर्काउने र मुन्टो निहु¥याउने गर्नुपर्छ । अनि नाच्नुपर्छ । ‘गह्रौँ व्यायाम गर्दा शरीरलाई हानिहोला र खाना घटाउँदा कमजोरीले छोप्लाभनी सोच्नेहरुलाई जुम्बाडान्स ठिक छ । ’ साथै सो जुम्बा १८ गते बुधबारबाट सुरु भईसकेको हुदा जुम्बा केन्द्रमा सहभागिता जनाउनुहुने ईच्छुकले आफुलाई सम्पर्क गर्न समेत थापाले अनुरोध गर्नुभएको छ ।

यहाँ पुरुषको तुलनामा महिलाको संख्या धेरै हुने गर्दछ । यो जुम्बा डान्स मुभमेन्टबाट गरिने फिटनेस थेरापी हो । यो शारीरिक तथा मानसिक स्वास्थ्यका लागि प्रभावकारी मानिन्छ । हरेक व्यक्तिले आफ्नो उमेर र अवस्था हेरेर विभिन्न जुम्बाका फर्मुला अपनाउन सकिने टे्रनर थापाको भनाई छ ।

गीतको तालमा डान्स गर्ने भएकाले तौल नियन्त्रणमा राख्नका लागि गर्भवतीले समेत जुम्बा गर्न मिल्छ । जुन सामान्य तरिकाले गरिन्छ । जुम्बापछि तनावमुक्त भइन्छ । यसले शरीरमा एकप्रकारको ऊर्जा दिने गर्छ । आलश्यपना, तनाव घटाउँछ । युरिक एसिड, थाइराइड, मुटुरोगलगायत समस्या कम गर्न जुम्बा प्रभावकारी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्