२०८१ भाद्र २३
                           

न्यायिक समिती र मेलमिलापकर्तालाई दिएको क्षमता विकास तालिम चौतारामा सकियो

सिन्धुपाल्चोक ,१८माघ
न्यायिक समितीका पदाधिकारी र मेलमिलाप कर्ताहरुको लागि चार दिने क्षमता विकास तालिम सकिएको छ । चौतारा सागाँचोकगढी नगरपालिकाको आयोजनामा माघ १५ गते देखि १८ गते सम्म नगरपालिकाको हलमा संचालन भएको उतm तालिममा विद्यमान कानुन र मेलमिलाप प्रकृयाका विषयहरुमा सहजिकरण भएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सिन्धुपाल्चोक जिल्ला अदालतका न्यायधिश विदुर कोइरालाले मेलमिलापले मन माझ्ने र फैसलाले मन भाँच्ने बताउँनुभएको छ । अदालति प्रकृया खर्चिलो र झनझटीलो हुने भन्दै जो विपन्न व्यक्तिहरुको पहुँचमा रहदैन तर मेलमिलाप प्रकृयामा हरेक पक्षको पहुँच हुनुका साथै सम्वन्ध सुधार सहित मेलमिलाप हुने हुदाँ विवाद दिगो रुपमा समाधान हुने उहाँको भनाई थियो ।

साथै तालिममा सहभागीहरुलाई टोलटोलका विवादहरु अदालत सम्म आईपुग्ने वातावरण नबनाई समाधान गरिदिनुहुन्छ भन्ने आशा राखेको छु कोईरालाले भन्नुभयो । मेलमिलाप गरी समस्या समाधान गर्ने व्यतिmहरुलाई मेलमिलाप गराउने र यदि मेलमिलाप गर्न ईच्छुक छैनन् भने जवरजस्ती मेलमिलाप नगराउन पनि अनुरोध गर्नुभयो । जवरजस्ती मेलमिलाप गराउनु सबै भन्दा ठुलो पाप हुने पनि बताउँनुभयो । आपसी बेमेल र विबादले समाजलाई गतिशील बनाउन नसक्ने भन्दै उहाँले विवाद भएपछि मात्रै भूमिका खोज्नु भन्दा मेलमिलापकर्ताहरुले बिबाद आउनै नदिने गरी भूमिका खेल्नुपर्नेमा कोईरालाले जोड दिनुभयो ।

यस्तै नगरपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सिता थापाले मेलमिलाप कर्ताहरुको क्षमता विकास र मेलमिलाप केन्द्रहरुको व्यवस्थापनमा ध्यान दिने बताउँनुभएको छ । उहाँले उत्कृष्ठ मेलमिलाप कर्ताहरुलाई प्रोत्सान स्वरुप पुरस्कृत गर्ने बताउँनुभएको छ । स्थानीय सरकारको न्यायीक समितिसम्म विवाद आउन नदिने गरी गाउँमै दुवै पक्षलाई जितको महशुस हुने गरी मेलमिलापको भूमिका मेलमिलापकर्ताहरुले नै गर्नु उचित हुने बताउनुभयो ।

साथै गाउँका विवादहरुलाई गाउँघरमै मिलापत्र गर्ने गरी मेलमिलाप कर्ताहरुलाई दक्ष बनाउन आफुहरुले तालिमको आयोजना गरेको बताउनुभयो । यो चार दिने तालिमले प्राप्त ज्ञान माथी ज्ञान थपिएको छ भन्दै मेलमिलापको कार्य समाजसेवी भएको कारण यसको गरिमालाई कायम राख्न सवैले प्रयास गर्नुपर्ने र यो तालिम उपलब्धी मुलक भएको ठानेको छु थापाले भन्नुभयो ।

सो क्षमता विकास तालिममा ३८ जना कार्यपालिका सदस्य, सवै वडाबाट २ जना मेलमिलापकर्ता, न्यायिक सहजकर्ताहरुको सहभागिता रहेको थियो । तालिममा न्यायिक समिति तथा मेलमिलापको काम, कर्तब्य, अधिकारको बारेमा स्पष्ट हुन, फैसलामा आउने कठिनाई न्युनिकरण, न्यायिक समितीमा पर्ने उजुरीको फैसला गर्दा ध्यान दिनुपर्ने विषयहरुमा केन्द्रित थियो । जिल्ला प्रहरी कार्यालय,सिन्धुपाल्चोकका प्रमुख वालनरसिं राणा र जिल्ला न्यायधिवक्ता विमला रेग्मी सहित प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका दिपकराज भट्ट, नेत्रप्रसाद धिताल लगायतलेसो तालिममा सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्