२०८१ भाद्र २३
                           

चौताराका कैदिबन्दीहरुसँग मन्त्री दुलालको भेटघाट

चौतारा, १९ माघ
सम्झना कार्की – जिल्ला कारागार चौतारामा रहेका थुनुवा तथा बन्दीहरुसँग बागमती प्रदेशका भौतिक तथा पुर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले भेटघाट गर्नुभएको छ । बिहिबार जिल्लामा आउनु भएका मन्त्री दुलालले कारागारहरुको भौतिक अवस्था अनुगमन गरी त्यहाँको समस्या तथा वस्तुस्थितिबारे जानकारी लिनुभएको छ ।

कैदीबन्दीले भौतिक पूर्वाधारको अभाव ,शौचालय ,तारजाली ,स्वास्थ्य कर्मीको अभाव, , भुकम्पले ध्वस्त बनाएका भवन पुर्णनिमार्ण हुन नसकेको , समयमै टुंगिनुपर्ने मुद्दा टुंगो लाग्न नसकेको, वकिलमार्फत् परामर्श लिन सहज व्यवस्था गर्नुपर्ने र आठ वर्षसम्म जेल सजाय भोग्नेहरुलाई एक दुई वर्ष अगाडिनै निस्किन पाए परिश्रम गरेर खाने बाटो हुने थियो भन्दै लगायतका गुनासा कैदीबन्दीले मन्त्री दुलाललाई सुनाएका थिए ।

मन्त्री दुलालले आफु मन्त्री भईसके पछि पहिलो पटक कारागार भित्र अवलोकन गर्ने अवसर पाएको बताउँनुभयो । जेल त जेलनै हो । यो एउटा राज्यको कानुन अनुसार बस्या मात्रै हौँ भन्दै जेल भित्रको बसाईमा पनि सकेसम्म मानविय व्यवहार हुनुपर्छ र कानुन परिर्वतन गरी राज्यमा जेलको सुधार हुनुपर्छ भन्ने पक्षमा आफु रहेको बताउँनुभयो ।

साथै यहाँ देखिएका समस्या र पुर्णनिर्माण हुन नसकेका भवनको बिभागसँग , ठेक्का लिएका व्यतिmत्वसगँ बुझेर समयमै काम हुने गरी र देखिएका समस्या समाधान गर्न आफु लागी पर्ने उहाँको भनाई छ ।

बिभिन्न समस्याले यहाँ आएको हुनाले जिवन हराभरा बनाउँन काउन्सीलिङ गर्ने र आफ्नो सीप अनुसार अल्पकालीन हिसाबले काम गर्ने वातावरण हुनु पर्छ भन्ने जोड मन्त्री दुलालको थियो । हाल चौतारा कारागारमा कैदिबन्दी सहित गरी १ सय ४८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्