२०८१ भाद्र २३
                           

सिन्धु मिलन केन्द्रको बनभोज तथा सम्मान कार्यक्रम सम्पन्न

चौतारा ,२१ माघ

सिन्धुपाल्चोकबाट काठमाडौ आई अस्थायी वा स्थायी रुपमा बसोबास गर्ने सिन्धुबासीहरुको साझा संस्था सिन्धु मिलन केन्द्रको बनभोज तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माघ २१ गते शनिबार चोभारमा गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेशबाट निर्बाचित सांसदहरुलाई सम्मान गर्दै बनभोज कार्यक्रम सम्पन्न गरिएको हो ।

सो कार्यक्रममा सिन्धुपाल्चोकबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्बाचित ४ जना सांसदहरुको उपस्थिति रहेको संस्थाका महासचिब निर्मल बन्जाराले जानकारी दिनुभयो । कार्यक्रम संघीय  सांसद एबं पुर्ब मन्त्री मोहन बहादुर बस्नेत,प्रदेश स्तरीय कृष्ण कुमार तामाङ ,माईली तामाङ,र कुमारी तामाङलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष ईन्जिनियर गम्भीर लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा करिब ३०० जना सिन्धुपाल्चोक बासीहरुको उपस्थिति रहेको संस्थाका सचिब रमेश तिमल्सिनाले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्