२०८१ मंसिर ७
                           

प्रेस चौतारी सिन्धुपाल्चोकले मनायो स्थापना दिवस

सिन्धुपाल्चोक,२२ माघ
प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा “प्रभातफेरी तथा विचार गोष्ठी” कार्यक्रम  गरेको छ ।आइतबार चौतारीले मेलम्चीमा कार्यक्रम गरी विचार गोष्ठी गरेको हो । “ समृद्ध नेपाल यात्रामा सञ्चार कर्मको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी एमाले नेता,प्रेस चौतारीमा आबद्ध पत्रकार,विद्यार्थी नेता तथा स्थानीयहरूले आ(आफ्नो धारणा राखेका थिए ।

सो कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर अर्यालले पार्टीलाई जनता समक्ष स्थापित गर्न प्रेस चौतारीको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । समृद्ध यात्रामा प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले ठुलो भूमिका खेलेको र स्थापना दिवसको शुभकामना समेत उहाँले दिनुभयो ।

त्यस्तै मदन भण्डारी फाउन्डेसन सिन्धुपाल्चोकका अध्यक्ष बालकृष्ण देउजाले नेकपा एमालेलाई सञ्चार क्षेत्रबाट चौतर्फी घेराबन्दीमा पारेको र त्यसको चिरफार चौतारीले गर्नुपर्ने बताउनुभयो । त्यस्तै बुद्धिजीवी परिषद् सिन्धुपाल्चोकका अध्यक्ष राधाकृष्ण श्रेष्ठले निर्वाचनका बेला चौतारीले गरेको भूमिकाको प्रशंसा गर्नुभयो । बुद्धिजीवी परिषद् सिन्धुपाल्चोकका अध्यक्ष राधाकृष्ण श्रेष्ठ लगाएतका अतिथिहरुले स्थापना दिवसको शुभकामना दिएकाछन् ।

कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपमेयर एवं एमाले जिल्ला कमिटी सिन्धुपाल्चोककी उपाध्यक्ष उमा प्रधान,अनेरास्ववियु केन्द्रीय सदस्य वैकुण्ठ लुइँटेल,अनेरास्ववियु जिल्ला कमिटी सचिव नवीन पाण्डेलगायत नेता तथा स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।प्रेस चौतारी नेपालको गौरवपूर्ण २५औँ स्थापन दिवसका अवसरमा जिल्ला शाखा सिन्धुपाल्चोकद्वारा मेलम्चीमा आयोजित प्रभातफेरी तथा विचार गोष्ठी कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्