२०८१ भाद्र २३
                           

मेलम्ची बाढी प्रभावितहरूले राज्य भएको आभाष गर्न पाएनन्: सांसद तामाङ

सिन्धुपाल्चोक ,२२ माघ
सम्झना कार्की – सिन्धुपाल्चोकका प्रदेश सांसद कृष्ण कुमार तामाङ (समिर)ले दुई वर्ष अगाडि हेलम्बु , मेलम्ची ,पाचँपोखरीमा मेलम्ची र ईन्द्रवती नदीमा आएको बाढीका कारण घरबार विहीन भएका नागरिकको अझैसम्म पनि पुनर्स्थापना हुन नसकेको बताउँनुभएको छ । बागमती प्रदेशसभाको बैठकमा विषेश समयमा बोल्दै तामाङले सो कुरा संसद्ममा जानकारी गराउँनुभएको हो ।

“ बाढीले क्षत्विक्षेद बनायो , दुई वर्ष बितिसक्दा पनि अहिले सम्म बाढी प्रभावितहरूले राहत पाउन सकेनन् , बाढी प्रभावितहरूले राज्य भएको आभाष गर्न पाएनन् ,यहाँका नागरीकले अझैपनि सरकार भएको महसुस गर्न सकेका छैनन् , तामाङले भन्नुभयो । ”

हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिकाका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका धेरै नागरिकहरूले घरबार विहीन हुनुका साथै गरिखाने ठाँउ समेत गुमाए , सबै नदीमा परिनत भयो , यस्तो आक्रान्त बनेका नागरिकको किन पुनस्थापना हुन सकेना तत्काल छिटो भन्दा छिटो पुर्नस्थापना हुनुपर्नेमा सांसद तामाङको जोड थियो ।

साथै नदी तटबन्ध गरी नागरिकलाई पुरानै अवस्थामा फर्काउन र छिटो गरी नागरिकको पुनर्स्थापना गर्नुपर्नेमा सांसद तामाङले भन्नुभयो । आईतबार सांसद तामाङले आफ्नो क्षेत्रको समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराउँनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्