२०८१ भाद्र २३
                           

चौतारा अस्पतालले बिस्तारै मुहार फेर्दै

सिन्धुपाल्चोक ,२३ माघ
चौतारा अस्पतालले बिस्तारै मुहार फेर्दै गएको देखिन्छ । अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको नेतृत्व सम्हालि रहेका डा. त्रिभुवन चन्द्र झा आएपश्चात   अस्पतालको मुहार फेरिदैे गएको पाईन्छ । जिल्लाको चौतारा अस्पतालमा उभिएर टिकट काट्नुपर्ने र बिरामी चेकजाच गर्न लामो समयकुर्नुपर्ने बाध्यता बुझि बिरामीको प्रतिक्षालय निर्माण गरिएको डा. झाले बताउँनुभयो ।

हाल अस्पतालमा अस्पताल परिसरमा पस्न बित्तिकै बिरामीको सुविधा र सुरक्षा लाई ध्यानमा राखी सुविधासम्पन्न क्यास काउन्टरको व्यवस्था गरिएको र सुरक्षा गार्डको भवनको निर्माण गरिएको झाले बताउँनुभयो । सामान्य सोडियम, पोटासियम, PT÷ INR, APTT, KOH  ग्राम स्टेन जस्ता जाँचहरुको सुविधा नभएको अवस्थामा हाल उक्त जाँचहरु सहज तरिकाले भइरहेको देखिन्छ ।

त्यस्तैगरी ल्याब विभागमा विशेष प्रकारको जाँचहरु जस्तै थाइरोइड फक्सन जाँच, भिटामिन डी, हर्मोन सम्बधित जाँचहरुको पनि शुरुवात भएको छ। अस्पतालमा पहिलो चोटी एकैपटकमा बाल रोग, स्त्री रोग, इमरजेन्सीमा मेडिसिन र सर्जरी जस्ता विशेषज्ञ सेवाहरु प्रदान गर्न सुरुवात गरिएको छ। हालमा दुईटा अप्रेसन थ्रिएटर सञ्चालनमा ल्याउनको साथै आइसियूको पनि स्थापना गरिएको छ।

प्राकृतिक प्रकोप भएको अवस्थामा अस्पताललाई चुस्तदुरुस्त तयारी अवस्थामा राख्नको लागि हस्पिटल इमरजेन्सी प्रिपेयरडनेस प्लानको तयारी गरी अस्पतालका सम्पुर्ण कर्मचारीहरुलाई अभिमुखीकरण गरी अरेन्ज कोड लागु गरिएको छ भने अस्पतालमा बेसिक लाईफ सपोर्ट, प्राइमरी ट्रमा केयर , कोड ब्लू , इमरजेन्सी स्वास्थ्य सेवाको अभिमुखीकरण गरी क्षमता अभिवृद्धिको कार्यक्रमहरु अगाडि बढाएको छ ।
त्यस्तैगरी अस्पतालमा भएका बहुमुल्य उपकरणमा केही समस्या आइ समानलाई थन्क्याउनु पर्ने अवस्थाको अन्त्य गर्न लागि बायुमेडिकल टेक्निसियन सहितको बायोमेडिकल विभागको पनि शुरुवात भएको छ ।

अस्पतालको डाटा रेकर्डलाई चुस्त दुरुस्त राख्नको लागि इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई लागु गरि इन्ट्री काउण्टरको स्थापना गरी नेपाल सरकारको एचएमआइस प्रणालीमा दैनिक सत प्रतिशत रिपोर्टङ शुरु भएको छ। फार्मेसीबाट बिरामीलाई सहज तरिकाले लागि श–सुल्क र निशुल्क औषधी पाउन छुटाछुटै काउण्टरको व्यवस्था गरिएको छ भने पहिला औषधिमा पाइने ५% छुटलाई बढाएर ८ प्रतिशतसम्म छुटको व्यवस्था सशुल्क औषधिहरूमा गरिएको छ ।

सामाजिक सेवा एकाइ सहायता कक्षको स्थापना गरि सामाजिक सेवा तथा जेष्ठ नागरिक कार्यक्रम यो वर्षदेखि अस्पतालमा लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्