२०८१ भाद्र २३
                           

विश्व समावेशी साहसी संस्थाले विद्यालयलाई दियो ५० थान कम्प्युटर

चौतारा ,२३ माघ
सिन्धुपाल्चोकका ५ विद्यालयलाई विश्व समावेशी साहसी संस्था काठमान्डौँले ५० थान कम्प्युटर दिएको छ । सस्थाले सञ्चालन गरिरहेको फिमेल लिढरसिप एकेडेमी ट्रेनिङका प्रशिक्षार्थीले प्रयोग गर्ने गरी उतm कम्प्युटर विद्यालयलाई दिईएको हो ।सो संस्थाले सञ्चालन गरीरहेको दुई वर्षे महिला नेतृत्व विकास तालिम अङग्रेजी भाषा र कम्प्युटर शिक्षामा प्रशिक्षण दिईरहेको छ ।

सोहि तालिम सञ्चालन गरिरहेका श्री कृष्ण रत्न गंगा मावि चौतारा , श्री रत्न राज्य मावि जुगल , श्री क्षेत्रपालेश्वरी मावि पाचँपोखरी थाङपाल , श्री ईन्द्रेश्वरी मावि मेलम्ची ,र जालपा देवि मावि बाहुनेपाटिमा रहेको विद्यालयलाई १०/ १० थान कम्प्युटर हस्तान्तरण गरिएको कार्यक्रम संयोजक गौरी मालाकारले जानकारी दिनुभयो ।यहाँ तालिममा प्रत्येक विद्यालयका २५ देखि ४० जना किशोरीहरुको उपस्थीति रहेका छन् ।

उत कम्प्युटर हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख सस्थाकी अध्यक्ष माया गुरुङ लगायतको उपस्थीति रहेको थियो । अध्यक्ष गुरुङले पर्यटन प्रवर्द्नन र रोजगारीको सृजना गर्ने उदेश्य रहेको भन्दै विद्यालयलाई १०/ १० थान कम्युटर हस्तन्तरण गर्नुभयो । यस्तै तालिममा सहभागि बिधाथीहरुलाई फागुनको पहिलो साता जुगल हिमालको आधार शिविरसम्म लैजाने पनि बताउँनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्