२०८१ भाद्र २३
                           

छोराछोरीलाई नजिकबाट ख्याल गर्न निवर्तमान सभामुख सापकोटाको अभिभावकलाई सुझाव

२३ माघ, सिन्धुपाल्चोक – संघीय संसद, प्रतिनिधि सभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले आफ्ना छोराछोरीलाई नजिकबाट ख्याल गर्न अभिभावकलाई सुझाव दिनुभएको छ । गृह नगरस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव, अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले पहिलो कक्षा घर र पहिलो शिक्षक बाबु आमा भएको कुरा नविर्सन अभिभावकलाई स्मरण गराउनुभएको थियो ।

राजनीतिमा पूर्णकालीन हुनु अघि लामो समय शिक्षण पेशामा रहेका उनले छोराछोरीका अगाडि खराब शब्द नबोलिदिन अपिल गर्नुभयो । जिल्लामा ‘अग्नि सर’ नामले चर्चीत सापकोटाले शिक्षकलाई नैतिक शिक्षामा जोड दिन र व्यावसायिक आचरण सुद्ध गर्नु पर्नेमा जोड दिनुभयो उहाले विद्यार्थीलाई देश र विद्यालयलाई प्रेम गर्न आग्रह गर्नुभयो । ‘देश र विद्यालयलाई प्रेम गर्नु हुन्छ कि गर्नु हुन्न रु’ भन्ने सापकोटाको जिज्ञासामा विद्यार्थीले ुगर्छौुं भन्ने जवाफ फर्काएका थिए ।

देशभक्ति, सदाचार र राष्ट्रियताबारे विद्यार्थीलाई ज्ञान दिने जिम्मेवारी विद्यालयको रहेको उनको भनाई थियो । देशमा बेथिति उत्कर्षमा जाँदै गरेको संकेत गर्दै उनले देशभक्ति र सदाचारका विषयमा कसैसँग सम्झौता नगर्न सुझाव दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाको क्षेत्र नं १ का संघीय सांसद माधव सापकोटा सुबोधले विद्यालयबाट राजनीति सुरु गरेको स्मरण गराउनुभयो ।

उहाले विद्यालयलाई कृषि क्याम्पस बनाउनेतर्फ काम अघि बढाइएको जानकारी गराउँदै वरपरको बाटो स्तरोन्नति भएपछि टाढाका विद्यार्थी समेत आउन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।  जनयुद्धको थालनी अघि नै चर्चामा आएको कुविण्डे राजनीतिक रुपमा चर्चीत एवं ऐतिहासिक क्षेत्र पनि हो ।

प्रतिक्रिया दिनुहोस्