२०८१ मंसिर ७
                           

११नं.वडा कार्यलय चौ.साँ.गढी नगरपालिकाले गर्याे प्रथम गाउँ सभा

सिन्धुपाल्चोक ,२३माघ -११ नं वडा कार्यालय चौतारा साँगाचोकगढी नगरपालिकाले साेमबार प्रथम गाउँ सभा गरेकाे छ । गाउँ सभाले विभिन्न समस्या र समाधानका उपाय खाेजि २१ बुंदे निर्णय समेत गरेकाे छ ।

जसमा पहिलाे सार्बजनिक जग्गा छुट्टाई संरक्षण गर्ने कार्यलाई अभियान कै रुपमा अघि बढाउने निर्णय भएको छ भने झरेका पात र परेको पानी को संकलन गरि “जल र मल” को प्रबन्ध गर्ने निर्णय भएको गाउँ सभामा प्रस्तुत गरिएको थियाे । यस्तै सूर्य अस्तहुनु पूर्ब मदिरा बिक्री बन्द गर्ने र बालबालिका लाई सुर्ती जन्य पदार्थ बिक्री गर्न नपाईने भएको छ ।

बन्देउलाई खुल्ला दिसापिसाब निषेधित क्षेत्र घोषण गर्ने

बन्देउलाई खुल्ला दिसापिसाब निषेधित क्षेत्र घोषण गर्ने भएको छ । हिउँदका हरेक महिना कम्तीमा एक दिन २ घन्टा अनिवार्य श्रमदान गर्ने,महिनामा एक दिन हरेक टोल बस्तीले आफ्नो अनुकुलतामा टोल बस्ती सरसफाई गर्ने काम समेत गाउँ सभाले भनेकाे छ ।

यस्तै सिम्ले बन्देउका होटल सहितका अन्य टोल बस्तीमा सालका दाउरा बाल्न निषेध गर्ने ,प्रेशर हर्न निषेध गर्ने ,महिला हिंसा रहित समाज निर्माण गर्ने,वडा बिकास समिति र सामाजिक अनुगमन समिति गठन गर्ने,खेतबारीका अनावश्यक रुख हटाउने र बाँझो खेतवारि नराख्ने राख्न नदिने ,खुखुरा खसी होइन तयारी मासु सहर पठाउने प्रयास गर्ने ,बन्द भएको पशुपति दुग्ध सहकारी संचालन गर्ने छ।

बाँदर नियन्त्रण गर्न बन जंगलमा फलफूलका बिरुवा रोप्ने

बँदेल र बाँदर नियन्त्रण गर्न प्रत्येक घरधुरी ले अनिवार्य सहभागी हुने र बन जंगलमा फलफूल का बिरुवा रोप्नेकार्य अभियानको रूपमा अघिबढाउने याेजना बनाएकाे छ।

काभ्रेमा निर्माणाधिन कोल्ड स्टोर यसै बर्ष निमाण सम्पन्न गरि संचालन गर्ने ,वडा बासी युवाहरूलाई उपत्यका आसपास शहरमा मासु र तरकारी पसल खोल्न आव्हान र सापटी कार्यक्रम मार्फत प्रोत्साहन गर्ने, बिद्यालय शिक्षा सुधारमा सम्पुर्ण शक्ति केन्द्रिकृत गरि २०७९असार मा भएको बिद्यालय समायोजनको निर्णय कार्यान्वयन गर्ने याेजना रहेकाे बताईएकाे छ।

रक्सी खान छोडने र शहर छोडी गाउँ फिर्ता हुने परिवारलाई सम्मान

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने असक्त बृद्ध बृदाको संरक्षक भै बैक बाट रकम बुझी लिने ले लाभग्राहीलाई नदिएको या पूरा नदिएको भनी गुनासो आएमा निज संरक्षणलाई सामाजिक कारबाही गर्ने,रक्सी खान छोडने र शहर छोडी गाउँ फिर्ता हुने परिवारलाई सम्मान र प्रोत्साहन गर्ने,कृषि उत्पादन वृद्धि र बजारिकरण गर्न गाउँमा उत्पादन र शहरमा बिक्री ब्यबसाय गर्ने लाई ब्यबसायिक सापटी उपलब्ध गराउने भनिएकाे छ ।

साथै सडक किनारमा अस्थायी बिक्रि केन्द्र तयार गर्ने ,सडक स्तरोन्नति गर्दा सके सम्म टेवा पर्खाल लगाउन नपर्ने गरि गर्ने र पर्खाल लगाउनै पर्ने अबस्थामा अर्को तर्फ सडक च्यापी बनाउने तर अर्को तर्फ पनि सडक सिमा निर्धारण गरि सडक क्षेत्र कायम / संरक्षण गर्ने गरि साेमबार यिनै निर्णयहरु गाउँसभाले गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्