२०८१ भाद्र २३
                           

मानव बेचबिखन तथा ओसार–पसार मुद्दाका फरार अपराधि पक्राउ

सिन्धुपाल्चोक ,२४ माघ
प्रहरीले मानव बेचविखन तथा ओसार–पसार मुद्दाका अपराधिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सिन्धुपाल्चोक प्रहरीले मानव बेचबिखन तथा ओसार–पसार मुद्दाका फरार एक अपराधिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ५ बस्ने २५ वर्षकी कबिता घिमिरे रहेकी छिन् ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत सिन्धुपाल्चोकको २०७२ फागुन १२ गतेको फैसलाले प्रतिवादी कबितालाई ९ वर्ष २६ दिन र ५० हजार रुपैयाँ जरिवाना र २०७४ फागुन ९ गतेको फैसलाले थुनुवा कैदी भागे भगाएको मुद्दामा ४ वर्ष ६ महिना २४ दिन कैद गरी जम्मा १३ वर्ष ७ महिना २० दिन कैद र ५०००० जरिवाना सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेकी घिमिरेलाई ८ वर्ष पछी काठमाण्डौँको जडिबुटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।पक्राउ परेकी घिमिरेलाई जिल्ला अदालत सिन्धुपाल्चोक ल्याएर दाखिला गरी कैद असुल उपरका लागी चौतारा कारागारमा चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्