२०८१ मंसिर ७
                           

बलेफी राष्ट्रपति रनिङ शिल्डको उपाधि बाल शिक्षा माविलाई

चौतारा , २४ माघ
सम्झना कार्की – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ समापन भएको छ । पालिका स्तरीय राष्ट्रपति रनिङ शील्ड खेलकुद उपाधी श्री बाल शिक्षा मा.विले जितेको छ । प्रतियोगितामा बाल शिक्षा मा.विले २८ स्वर्ण ल्याई प्रथम हुन सफल भएको छ । श्री आनन्द मावि ११ स्वर्ण सहित द्वितिय र श्री सरस्वती माविले ४ स्वर्णसहित तृतीय स्थान हासिल गरेको छ । प्रथम, द्वितिय ,तृतीय हुने विद्यालयले पुरस्कार सहित शील्ड कप र प्रमाणपत्र प्राप्त गरेका थिए ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने नाराका साथ सञ्चालन भएको खेलकुद प्रतियोगितामा पालिका भित्रका ११ वटा विधालयले सहभागिता जनाएका थिए । मंलबार जिल्लाको क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद माधव सापकोटा सुबोधको प्रमुख आतिथ्यतामा समापन भएको हो । सांसद सापकोटाले खेलकुद क्षेत्रको विकासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।

विद्यालयस्तरको शिक्षा र खेलकुदसँगसँगै अगाडि बढाउन स्थानीय तहलगायत सबै जनप्रतिनिधिसँग समन्वय गरेर योजनाबद्ध नीति निर्माणका साथ प्रभावकारी भूमिका निभाउने प्रतिबद्धता जनाउँनुभयो । साथै सांसद सापकोटाले बिजेता बिधार्थीहरुलाई बधाई दिनुभयो ।

स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको पालिका अध्यक्ष गंगा बहादुर तामाङले बताउनुभयो ।उहाँले भन्नुभयो, ’हामीले गाउँपालिकामा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन गरेका हौं।’ यही माघ २३ गते सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकास्थित ११ वटा माविको सहभागिता रहेको थियो।

सो खेलकुद प्रतियोगितामा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद माधव सापकोटा सुबोध , नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य अमृता नेपाल (प्रभा) ,पालिका अध्यक्ष गंगा बहादुर तामाङ , उपाध्यक्ष सरु तामाङ लगाएतका व्यतिmत्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्