२०८१ भाद्र २३
                           

मल अभाव किसान समस्यामा

सिन्धुपाल्चोक ,२४ माघ

सिन्धुपाल्चोकका किसानलाई खेती गर्ने समयमा युरिया मलको अभाव हुदा समस्या भएको छ । यतिबेला किसानलाई गहुँ र तोरी तथा अन्य हिउँदे बालीका लागि ठूलो परिमाणमा युरिया मल आवश्यक भएको छ ।मलको अभावले मेलम्चीका किसानलाई समस्या भएको छ ।

किसानले समयमै मल, बीउबिजन, कृषि औजार तथा उपकरणसमेत नपाउने अवस्था आएको छ । मेलम्ची मात्रै हैन अन्य ठाउँमा समेत मल किन्न बिहानैदेखि सहकारी संस्था कुरेर बस्नुपर्ने किसानको दैनिकी नै बनेको छ । यसरी किसानले समयमै मल र बीउ नपाउने समस्या नयाँ होइन ।

यो समस्या हरेक वर्ष देखिँदै आएको छ । तर सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिँदा किसान मारमा परेका छन् । खेतीबारीमा व्यस्त हुने किसान दिनभर मलको खोजीमा भौँतारिरहेको भेटिन्छन् । खेतीको समयमा मल तथा बीउ अभाव सामान्य भइसकेको छ । किसानले खेती त जसोतसो त गरिरहेका छन् तर मल लगाउन बानी भएपछि खेती उब्जाउ नहुने किसानको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्