२०८१ मंसिर ६
                           

कालिकादेवि माविका विद्यार्थी पढ्दै कमाउदै

सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका कुविण्डे स्थित श्री कालिकादेवि माध्यमिक विद्यालयका विद्यार्थीले पढाइसँगै विभिन्न सामाग्री उत्पादन सुरु गरेका छ्न। विद्यार्थीहरुले पढाइका अलव स्थानीय कच्चा पदार्थको प्रयोग गरी अध्ययनसँगसँगै व्यवसायीक सीप लिएर साबुन, फिनेल, हार्पिक र सारप जस्ता उत्पादीतबस्तुबाट आम्दानी समेत लिन थालेका छन्।

किताबको ज्ञानसंगै यहाका विद्यार्थीलाई व्यवसायको स्वाद पनि मिलेको छ । आफुहरुले उत्पादन गरेको घरायसी सरसफाईका सामान बजारमा लाने तयारी विद्यार्थीको छ । पढाइसँगै सीप र आम्दानी लिन सकिने उद्देश्यले कक्षाबाट बचेको समयमा साबुन,फिनेल,हार्पिक र सरप लगायतका सरसफाईका सामान उत्पादन गरिरहेका विद्यालयका अध्यक्ष रघुसि तामाङले बताउनुभयो  ।

उहाकाअनुसार पढाईसंगै सरसफाईका सामान विक्री गरेर अम्दानी लिन विद्यार्थी खट्न थालेका छन् । उनीहरुले बनाउन थालेको सूरुवाती चरणमै शिक्षक र विद्यार्थीहरुबाट खरिद भयो विस्तारै बजारमा बिक्री वितरण र उत्पादनको माग बढ्दै जाने विद्यार्थीको विश्वास छ अध्यक्ष तामाङले बताउनुभयो

उत्पादीत वस्तुका लागि लगानी विद्यालयले नै गरेको छ । उत्पादितवस्तुबाट नाफा निस्किएको रकम विद्यार्थीलाई नै बाँडेर पढाइ लगायत अन्य खर्च गर्ने विद्यालयको सोच छ । बजारमा पाइनेभन्दा कम मुल्यमा गुणस्तरिय सामान प्रदान गर्न सक्ने विद्यालयले जनाएको छ ।हिमाली न्युज

प्रतिक्रिया दिनुहोस्