२०८१ भाद्र २३
                           

हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई

सिन्धुपाल्चोक ,२४ माघ

हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार सिन्धुपाल्चोकका अग्रज पत्रकार सुरेश कसजू र पत्रकार कमला पाख्रिनलाई प्रदान गरिने भएको छ ।

आउँदो फागुन १ गते विद्यालयको ४९औं वार्षिकोत्सवमा पुरस्कार प्रदान गरिने जनाईएको छ । पुरस्कारको राशी ५ हजार १ सय रुपैयाँ रहेको संस्थाका अध्यक्ष सुदर्शन पाण्डेले जनाकारी दिनुभयाे।

हुतराज अर्धचन्द्र जनहितकारी संस्था मेलम्चीले इन्द्रेश्वरी माद्यमिक विद्यालयको वार्षिकोत्सवको प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आईरहेको छ ।

पुरस्कृत हुने अग्रज पत्रकार एवम् गोरखापत्र संस्थानका पूर्व बोर्ड सदस्य कसजू हाल भीजन सिन्धु प्रा.लि.बाट प्रकाशित सर्वपक्ष दैनिक, जुगलखबर डटकम र दुःखी प्रकाशनबाट प्रकाशित सिन्धु सन्देश साप्ताहिक प्रकाशन गर्दै आईरहेका छन् भने पाख्रिन कान्तिपूर टेलिभिजनमा जिल्ला सम्वाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्