२०८१ भाद्र २३
                           

विकास अनुगमनमा मन्त्री दुलालको दौडधुप

सिन्धुपाल्चोक ,२५ माघ
सम्झना कार्की – बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल (शरद) कामको निरीक्षणका क्रममा बुधबार काभ्रे पुग्नुभएको छ । बागमती गाउँपालिका मकवानपुर साथै खानिखोला गाउँपालिका काभ्रेको सिमाना तालढुङामा निरीक्षण गर्न यहाँ पुग्नु भएको हो । मन्त्री दुलालले निर्माणाधीन १ सय २० मिटर लामो सिक्रे दोभान पुलको हालको अवस्थाका विषयमा उहाँले निरिक्षण गर्नु भएको हो ।

ठेक्का सम्झौता भएर लामो समयसम्म कामले निरन्तरता नपाएको भन्ने स्थानीय जनप्रतिनिधि साथै स्थानीय जन –गुनासो आए पश्चात  मन्त्री दुलालको नेतृत्वमा मातहतका कर्मचारी ,सम्बन्धित ठकेदार सहितको टिमलाई लिएर उक्त स्थानको निरीक्षणमा पुग्नुभएको हो ।

मन्त्री दुलालले कामलाई निरन्तरता दिई समयमै काम सक्न अनुरोध गर्नुभएको छ । दुई गाउँपालिकाको सिमानामा रहेको सामरिक महत्व राख्ने निर्माणाधीन सिक्रे दोभान पुल कुल ११ करोड लागतमा ठेक्का सम्झौता गरिएको थियो ।जनताले मन्त्री दुलाललाई विकासे प्रेमीको रुपमा लिएका छन् । उहाँ दिनानु दिन बिभिन्न ठाउँका विकासे योजनाका साथ निरीक्षणको क्रममा दौडधुवका साथ हिडिरहनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रलयको जिम्मेवारी सम्हाले पछि हाल विकास अनुगमनमा मन्त्री दुलाललाई भ्याईनभ्याई छ ।

यसैगरी निरीक्षणकै क्रममा मन्त्री दुलालले यस अघि मंलबार मकवानपुरका पुल निर्माणको रुग्ण आयोजनाको निरिक्षण गर्नु भएको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ चौकिटोल र लालझाडी जोड्ने पुल अनी मकवानपुरगढी गाउँपालिकाको सामरी खोलामा आमभन्ज्याङ र गढी जोड्ने पुल निर्माणको निरिक्षण गरी हाल सम्म पनि निर्माणको कामले गति लिन नसकेपछी ठेक्का तोडेर फेरी डेक्का लगाउने बताउनुभएको थियो । पहिलो चरणमा निर्माण कम्पनिलाई काम गर्न लगाउने र नटेरेमा ठेक्का तोड्नुको विकल्प नभएको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्