सिन्धुपाल्चोक , २५ माघ
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुणस्तरीय शिक्षाले मेलम्चीको मुहार फेर्ने बताउनु भएको छ । गतबर्ष मेलम्ची बाढीको चपेटामा परेको तेर्से माध्यामिक बिद्यालय तालामाराङको ३२ औँ बार्षिकोत्सबमा सम्बोधन गदै अबको ५ बर्ष भित्रमा गुणस्तरीय शिक्षाले मेलम्चीको मुहार फेरीने बताउनुभएको हो । मेयर तामाङले शैक्षिक क्षेत्रमा व्यापक सुधार र बिद्यालय प्रति बालबालिकाको आकर्षण बढाउन दिवा खाजा कार्यक्रमलाई नगरपालिकाको आन्तरीक स्रोतबाट कक्षा ८ सम्म थप गरिएको बताउँनुभयो ।
साथै उहाँले गुणस्तरीय शिक्षाको लागि बिद्यालयहरुलाई आबश्यक पर्ने ल्याव, पुस्तकालय लगायतका सामाग्रीहरु उपलब्ध गराउने कुरामा आफु सकारात्मक रहेको उहाँको भनाई छ । सोही क्रममा मेलम्ची नगरपालिकाले आबश्यक भएका विद्यालयमा छात्रा हरुले प्रयोग गर्ने सेनेटरि प्याड डिस्पोज मेसिन उपलब्ध गराउने र नगरपालिका भित्र कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई बजेट स्रोतसाधनले भ्याए सम्म निशुल्क गर्ने योजना रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्