२०८१ भाद्र २३
                           

कुवेतमा अलपत्र एक महिलाको उद्धार

सिन्धुपाल्चोक ,१ फागुन
कुवेतमा अलपत्र एक महिलाको उद्धार भएको छ । रोजगारीका लागि कुवेत जानेक्रममा अलपत्र परेकी सिन्धुपाल्चोक बेलेफी गाउँपालिका वडा नम्बर ४ की २० वर्षीय रजनी कार्कीलाई ५ महिनापछी उद्धार गरी सोमबार स्वदेश ल्याइएको बलेफी गाउँपालिका वडा न.ं ४ का पुर्व वडाध्यक्ष काली प्रसाद लामाले जानकारी गराउँनुभयो ।

गत भदौँ १५ गते भिजिट भिसामा कुवेत गएकी कार्की कुबेतमा पुगेपछि काम नपाएर ईलिगलमा भागि अलपत्रमा परेकि थिईन् । परिवारले कुवेत पुर्याउने एजेण्डलाई स्वदेश फर्काउन ताकेता गर्दा पैसामा बार्गेनिङ हुना थालेछि सो कार्कीकी आमाले पुर्व वडाध्यक्ष काली प्रसाद लामासगँ छोरी स्वदेश फर्काउन सहयोगको अपिल गरेकी थिईन् ।

लामाको पहलमा उद्धारकर्ता कृतिका गोले तामाङ मार्फत सोमबार ७ बजेको समयमा स्वदेश ल्याईएको हो । साथै कार्कीको स्वास्थ्य अबस्थामा समस्या आएकोले परिवारको आर्थिक अबस्था कमजोर हुनाले स्वास्थ्य उपचारमा सहयोगको अपिल गरिएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्