२०८१ मंसिर ७
                           

मेलम्ची नगरको १३ औं नगरसभा

सिन्धुपाल्चोक ,३ फागुन
मेलम्ची नगरपालिकाको १३ औं नगरसभा भएको छ । नगर प्रमुख तामाङ द्धारा प्रस्तुत प्रतिवेदनमा भवन, योजना तथा पूर्वाधार निर्माण तर्फ चालु आर्थिक बर्षको पौष मसान्तसम्म २५ प्रतिशत योजना निर्माणका कार्यहरु सम्पन्न गरिएको छ भने पूँजीगत खर्च तर्फ १४.७५ प्रतिशत वित्तिय प्रगति हाँसिल गरिएको जनाईएको छ ।

नगरसभाले नगरपालिकाको शिक्षालाई ब्यबस्थित गर्न बनेको शिक्षा ऐन २०७५को तेस्रो संशोधन सर्वसम्बत पारित गरेको छ । त्यस्तै नगरसभाले विभिन्न विषयगत समितिहरुले चालु आर्थिक बर्षको हालसम्म गरेको कार्यहरुको प्रगती विवरण सभामा छलफल भइ पारित भएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।त्यस्तै आर्थिक ऐन समेत संशेधन सहित पारित गरेको तामाङले जानकारी दिनुभयो । त्यस्तै नगरपालिकाको १ अर्व ६८ करोड बराबरको विनियोजित बजेटमा संशोधन सहित पारित गरिएको छ ।

सार्वजानिक सुनुवाई कार्यक्रम गरिएको र बाँकि ६ वटा वडामा क्रमश गरिने, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी मार्फत सेवाग्राहीहरुको गुनासो, उजुरीका सम्बन्धमा तत्काल सुनुवाई हुने व्यवस्था मिलाइएको , सबै विद्यालय र सहकारी संस्था लगायत नागरिकको सरोकार रहने निकायहरुमा अनिवार्य सूचना अधिकारीको व्यवस्था गर्ने कार्यको शुरुवात गरिएको प्रतिवेदनमा उल्लेख छ ।
सभामा प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धिताल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्