सिन्धुपाल्चोक ,३ फागुन
चौतारा साँगाचोकगढी नगरपालिका वडा न १२ ले मृतकको लाश सदगत गर्ने क्रममा सववहानको प्रयोग गरेमा मृतकको परिवारलाई रु ३ हजार उपलव्ध गराउने भएको छ ।
वडाको हालै बसेको बैठकले सो वडाभित्रका कसैको मृत्यु भएमा लाश सदगतका लागि सववहान प्रयोग गरेमा वडाबाट रु ३ हजार मृतक परिवारलाई दिने निर्णय गरेको हो ।वडा अध्यक्ष दीपेन्द्र नेपालका अनुसार वडा कार्यालयमा मृत्यु दर्ता गर्न आउने क्रममा सववहान प्रयोग गरेको वील उपलव्ध गराइएमा मृतक परिवारलाई उक्त रकम उपलव्ध गराइने छ ।
प्रतिक्रिया दिनुहोस्