२०८१ भाद्र २३
                           

एकल महिला संजालको अध्यक्षमा सुन्तली 

अशोक पराजुली/साँगाचोक- एकल महिला संजाल चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा सुन्तली गिरी चयन हुनु भएको छ ।  बिहीबार भएको भेलाबाट गठन गरिएको ११ सदस्यीय  समितिको उपाध्यक्षमा पद्य्म कुमारी भुजेल ,सचिवमा रुपा गिरी ,कोषाध्यक्ष नानी तामाङ ,सदस्यहरुमा गोमा गिरी,यसोदा गिरी,मैयाँ नेपाली,बिष्णु वि.क.,सावित्रा पुरी,सरिता श्रेष्ठ,लिलामाया पौडेल चयन हुनुभएको छ ।
एकल महिला संजालको पहिलो भेला आयोजना गरि समिति गठन गरिएको चौतारा साँगाचोकगढी नगरपालिका नगर कार्यपालिका सदस्य सीता पौडेलले जानकारी दिनुभयो । सदस्य पौडेलले एकल महिला संगठित भइ समिति  गठन गर्न सफल भएकोमा खुशी व्यक्त गदै आगामी दिनमा संजाललाइ सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो ।
 यसैगरी नगर कार्यपालिका सदस्य सृजना वि.क. ले एकल महिला संजाल साहारा विहिनको साहारा बन्न सकोस भन्दै नव गठित समितिलाई शुभकामना व्यक्त गर्नु भयो ।
 

प्रतिक्रिया दिनुहोस्