२०८१ भाद्र २३
                           

हेलम्बुको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि याङ्री मा.विलाई

सिन्धुपाल्चोक ,५ फागुन

हेलम्बु गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि १५ स्वर्ण सहीत याङ्रीमा माध्यमिक विद्यालयले पाएको छ । त्यस्तै ४ स्वर्ण सहीत नोर्वुलिङ माध्यमिक विद्यालय द्धीतीय भयो भने सरस्वती माध्यमिक विद्यालय तृतीय भएको छ । छात्र र छात्रा भलिबल प्रतियोगिता लगाएत १७ भन्दा बढी खेलहरु समावेश गरीएको थियो ।

प्रतियोगिता हेलम्बु गाउँपालिकाको मेलम्ची भ्याली क्याम्पसमा हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेको प्रमुख आतिथ्यमामा सम्पन्न भएको हो । विद्यार्थीहरूको विकास, बिस्तार र सुदृढीकरण गर्नका निम्ति पालिका सदैव प्रतिबद्ध रहेको हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले बताउनुभयो । उहाँले बिजेता खेलाडीहरूलाई बधाई समेत दिदै आगामी दिनमा सफलताको कामना समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्