सिन्धुपाल्चोक ,५ फागुन
बागमती प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्री युवराज दुलाल सरदले मन्त्रालय समाले लगत्तै आफु मातहतका सबै जिल्ला कार्यलयका प्रमुखहरुलाई बोलाएर कार्य प्रगति विवरण प्रस्तुत गर्न लगाउनु भएको छ । शुक्रवार प्रगति विवरण अत्यन्तै कमजोर र सुस्त भएको भन्दै मातहतका सबै बिभागिय प्रमुख र कर्मचारीहरुलाइ नतिजा मुखी परिणाम निकाल्न सल्लाह सुझाब र आवश्यक निर्देशन समेत दिनु भएको हो।
भवन,सडक साथै पुलको अनुगमनका निम्ति आफै फिल्डमा खटिनु भएका मन्त्री दुलालको सक्रियताले सम्बन्धित ठेकेदार कम्पनीहरु ठेक्का तोडिने डरले फिल्डमा कामलाई निरन्तरता दिन थालेका छन्।
अनुगमनकै क्रममा शुक्रवार भिमफेदी गाउँपालिका (३ ढोका फेदीमा निर्माणाधीन पक्की सडक पुला ,चुत्रघारी देखि टेकरबजार सम्मको १२ कि.मि निर्माणाधीन सडक र दक्षिणकाली सडक खण्डको विभिन्न खण्डमा स्थलगत अनुगमन गर्नु भएको छ।
अनुगमनको सिलसिलामा सम्बन्धित मन्त्रालयका सचिव शंकर प्रसाद पण्डित लगाएत बिभागिय प्रमुख,इन्जिनियर एवं स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्