२०८१ भाद्र २३
                           

सिद्धीगणेशमा जुनियर तेक्वान्दो ग्रेडिङ तथा सम्मान कार्यक्रम सम्पन्न

सानोसिरुवारी,सिन्धुपाल्चोक
चौतारा साँगाचोकगढी नगरपालिका ७ सानोसिरुवारी स्थित सिद्दिगणेश मा. वि. को प्राङ्गणमा जुनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ गरिएको छ । सोही अवसरमा दशरथ रंगशाला त्रिपुरेश्वर काठमाडौंमा मिति २०७९ माघ १३ र १४ गते जैशिदेवल युथ क्लब द्वारा आयोजित बागमती प्रदेश स्तरिय तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा सिन्धुपाल्चोकको तर्फबाट महिला ४२ के. जि. तौल समुहमा प्रतिनिधित्व गर्दै क्योरुगीमा रजत पद जित्न सफल श्री राफिका ढुङ्गेललाई नगद रु २ हजार र सम्मान पत्र द्वारा हिराहरी तेक्वान्दो डोजाङ्गले सम्मान गरेको छ ।

नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखि रातोपेटी सम्मको ग्रेडिङ लिएको छ । जुनियर ग्रेडिङमा सेतो पेटीका राकेश मगर, पहेँलो पेटीका स्मृति नेपाल र निलो पेटीका अर्जुन योन्जन डबल प्रमोसन हुन सफल भएसंगै अन्य प्रशिक्षार्थी भने उतिर्ण भएका छन ।


जुनियर ग्रेडिङमा राकेश मगरले उत्कृष्ट खेलाडीको ट्रफि जित्न सफल हुनुभएको छ । साथै कार्यक्रममा कालो पेटीको नेपाली तथा कोरियन प्रमाणपत्र वितरण पनि गरिएको थियो । हिराहरी तेक्वान्दो डोजाङका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले सन्चालन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी श्री सिद्दिगणेश मा. वि. अध्यक्ष श्री रबिन गौतम विशेष अतिथी बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य श्री निरन्जन थापा मगर अतिथी विद्यालय ब्यवस्थापन समिति सदस्य केदार दुलाल, अभिभावक समितिका अध्यक्ष श्री प्रजिता पराजुली , शिक्षक वर्ग सिनियर खेलाडीहरु अन्जन पुरि, सुरज थापा, मनिष सापकोटा, बिजय तामाङ , अनमोल कार्की , निशान ढुङ्गाना र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको ग्रेडिङ डोजाङ्गका सिनियर खेलाडी दोस्रो डान कालो पेटि मेनुका श्रेष्ठले लिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्