२०८१ मंसिर ७
                           

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा

सिन्धुपाल्चोक ,९ फागुन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त हुनुभएको छ । डा सापकोटा सिन्धुपाल्चोकका हुनुहुन्छ । साथै उहाँ पूर्व सभामुख अग्निप्रसाद सापकोटाका छोरा समेत हुनुहुन्छ । डा.सापकोटा फागुन १ गतेदेखि नै परराष्ट्र सल्लाहकारमा नियुक्त हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएदेखि नै उहाँले काम गदै आउँनु भएको छ ।

डा. रुपक सापकोटाले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गर्नुभएको हो । उहाँ त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गराउँदै आउँनुभएको छ । साथै, त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनिति विषय समिति सदस्यका रुपमा पनि जिम्मेवारी निर्वाह गदै आउँनुभएके छ भने नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा नयाँ रणनीति अख्तियार गर्नुपर्ने विश्लेषण गर्दै आइरहनु भएको छ ।

यसैगरी अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उहाँलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस्