२०८१ पुष १३
                           

हेलम्बुकाे चुरेटारमा फागुन १४ गतेदेखि सप्ताह लगाईने

सिन्धुपाल्चोक ,१०फागुन
सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका–२ चुरेटारमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । आगामी फागुन १४ गतेदेखि२१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हाे।

साे महायज्ञ हेलम्बु गाउँपालिकाको धार्मिक तथा पर्यटन प्रवर्द्धन तथा मणिकण्ठेश्वरीदेवी मन्दिर पुनः निर्माणका लागि गरिएको समितिकाे भनाइ छ।

पण्डित दिनबन्धु पोखरेलले वाचन गर्नुहुनेछ भने पण्डित नेत्र भट्टराई उपवाचक हुनहुन्छ । स्थानीय लीलाबहादुर जोतीको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । साथै महायज्ञमा बुद्ध दर्शनको महिमा वाचनको व्यवस्था समेत मिलाइएको छ ।

चुरेटारमा हुन गइरहेको याे श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा अनिवार्य सहभागि भै भरपुर मनोरन्जन र धार्मिक ज्ञान लिन सबैमा अनुरोध समेत गरिएको छ।हेलम्बु ग्रेट ट्रेल,पाल्चोक जयबागेश्वरी,आमायाङ्ग्री,ईच्छेश्वर महादेव लगायत धार्मिक र पर्यटकीय स्थल समेत को भ्रमण गर्न सकिने छ।


सप्ताहले हेलम्बुको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भएकाले सहभागी हुन आह्वान गरिएको हाे ।

 

प्रतिक्रिया दिनुहोस्