२०८१ भाद्र २३
                           

सुनकोशीका किसानलाई अनुदानमा विद्युती स्प्रे र फलफुलका विरुवा वितरण

सिन्धुपाल्चोक ,११ फागुन
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले कृषकलाई लक्षीत गरेर विभिन्न अनुदानका कार्यक्रमहरु सञ्चालन गरेको छ । कृषि मार्फत समृद्ध गाउँपालिका निर्माण गर्ने उदेश्यले कृषकहरुका लागि कृषि सामग्री,फलफुलको विरुवा लगायतका सामग्रीहरु गाउँपालिकाले वितरणको सुरुवात गरेको हो ।

गाउँपालिकाले कृषकसँग ५० प्रतिशत लागत साझेदारीमा फलफु तथा बोट विरुवाहरुमा रोग लाग्दा किटनाशक औषकी प्रयोग गर्ने विद्युतीय स्प्रे गाउँपलिकाले कृषकहरुलाई वितरण गरेको छ । गाउँपालिकाले लागत साझेदारीमा सहभागी हुन सार्वजनिक सूचना आह्वान गरेको र सूचना अनुसार सहभागी हुने कृषकहरुलाई विद्युतीय स्प्रे वितरण गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
कृषकहरुको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत लागत साझेदारीमा प्रत्येक बस्तीमा दुइ जनाको समुह बनाएर गाउँपालिका भित्रका ६० कृषकहलाई टु इन वान मोडलको विद्युतीय स्प्रे वितरण गरिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले कृषकहरुको माग भए अरु कृषकहरुलाई पनि केही थान यस्ता उपकरण प्रदान गर्न सकिने बताउनुभयो । गाउँपालिकाले कृषि कार्यक्रम अन्र्तगत नै स्थानीय सँगको साझेदारीमा विभिन्न फलफुलका विरुवा समेत वितरण गरेको छ। गाउँपालिकाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत साझेदारीमा विभिन्न प्रजातिका फलफुलका विरुवाहरु कृषकहरुलाई वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष कान्छी लामाले जानकारी दिनुभयो ।

गाउँपालिकाले हिउँदे फलफुलहरु नासपाती, दाते ओखर, किबी, अनार,आरु, जापनीज हलुवाबेद, लप्सीको विरुवा वितरण गरेको छ । गाउँपालिकाले साझेदारीमा उपलब्ध गराएको फलफुल तथा अन्य उपकरणहरुको सदुपयोग गरेर कृषि क्षेत्रमा लाग्नका लागि गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले आग्रह गर्नुभएको छ । गाउँपालिकाले लागत साभलेदारीम छिट्टै वर्षे फलफुलका विरुवाहरु समेत वितरण गर्ने तयारी गरेको गाउँपालिकाका कृषि शाखाका प्रमुख सिताराम खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्