२०८१ भाद्र २३
                           

चौतारा कृष्णमन्दिरको निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाद्धारा शिलान्यास

चौतारा ,१२ फागुन
सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर ५ चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिरको शिलान्यास गरिएको छ । शुक्रबार निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले शिलान्यास गर्नुभएको हो । उतm शिलान्यास कार्यक्रममा सम्बोधन गदै प्रमुख अतिथि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले यस मन्दिरको शिलान्यासले भावनात्मकको रुपमा उचाईमा पुर्याएको बताउँनुभयो । कृष्ण मन्दिरको उदाहरण दिदै पुरातत्व महत्व बोकेका मन्दिरहरुको खोज अनुसन्धान गरी यस्ता मन्दिरहरुलाई संरक्षण ,सम्वद्र्धन गर्नु आजको आवश्यकता रहेको बताउँनुभयो । साथै यो मन्दिरको ठेक्का पाएको कम्पिनीलाई समयमै काम सक्न आग्रह गर्नुभयो । सिन्धुपाल्चोकको विकासमा आफ्नो पहल कदमी सदैब रहिरहने सापकोटाले बताउँनुभयो ।

यस्तै बिषेश अतिथि चौतारा सागाँचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले पर्यटन प्रवर्धनका लागी पनि यी मन्दिरको एतिहासिक महत्व हुनेभएकाले सोको विकासमा नगरपालिका सदैब अघि बढ्ने र पहल कदमी गर्न पछाडी नपर्ने प्रतिबद्धता व्यतm गर्नुभयो । साथै नगरक्षेत्रभित्र र सिङगो सिन्धुपाल्चोक प्रयर्टन क्षेत्रको प्रयाप्त सम्भवना रहेको र प्रयर्टन क्षेत्र निर्माणको लागि निरंतर नगरपालिका नगरपालिका अग्रसर रहेको बताउनुभयो ।

यस्तै सोहि कार्यक्रममा सम्बोधन गदै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले लोप हुने अवस्थामा रहेका सांस्कृतिक एवम् पुरातात्विक महत्व भएका सम्पदाहरूलाई पुनःजीवन दिनु जरुरी रहेको बताउँनुभयो भने चौतारा सागाँचोकढी नगरपालिकाका पुर्वमेयर अमानसिंह तामाङले आज ऐतिहासिक दिन रहेको भन्दै कृष्ण मन्दिरको शिलान्यास भएकोमा खुसी व्यतm गर्नुभयो । कमलको फुलले जसरी सो दिईरहेको हुन्छ मन्दिरहरुले पनि उतिकै सो दिने भन्दै सबैले संरक्षण संगै दान धर्म गर्न लाग्नुपर्छ भन्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गदै प्रत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जिवन श्रेष्ठले १९६४ साल अघि सो स्थानमा सिस्नु घारी रहेको र त्यहाँबाट रात्रिकालिन समयमा बाँसुरीको मीठो ध्वानी प्रष्फुटन भएको सुनिने गरेको हुँदा सो स्थानमा कृष्ण मन्दिर निर्माण गरि पूजाआजासँगै हरेक कृष्णाष्टमीको अवसरमा दुई दिन मेला चलाउने परम्पराको सुरुवात भएको बताउँनुभयो ।

२०७२ सालको महाभूकम्पले ध्वस्त बनाएको कृष्ण मन्दिर पुननिमार्ण हुनेभएको छ । भूकम्प गएको ८ वर्षपछि ११५ वर्ष पुरानो ऐतिहासिक एवम् पुरातत्व महत्व बोकेको कृष्ण मन्दिर पुरातत्व विभागको २ करोड लगानीमा बन्न लागेको हो । बन्न लागेको कृष्ण मन्दिर पुरानै शैलि र स्वरुपको हुने छ । यस मन्दिरको ठेक्का आर जि एस पञ्चस्तम्भ जेभि भतmपुरले पाएको छ । सम्झौता अनुसार २०८० असार १५ गते भित्र मन्दिर बनिसक्नुपर्र्ने छ ।

भूकम्प यता टहरोको मन्दिर बनाएर कृष्णको प्रतिमा प्रतिस्थापना गरि पूजाआजा र जात्रा लचाउँदै आईएको छ । केहि समय अघि मन्दिर पुनर्निर्माण हुनेपछि भने कृष्णको प्रतिमालाई गणेश र भीमसेन मन्दिर परिसरमा स्थानान्तरण गरिएको थियो । पटकपटकको प्रयासपछि मन्दिर बन्ने भएपछि भने स्थानीयहरु खुशी छन् ।

मन्दिर पुनर्निर्माणका लागि निर्वतमान सभामुख सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिकाका निर्वतामान मेयर आमानसिं तामाङ, वहालवाला मेयर कृष्णप्रसाद सापकोटा, वडा न ५ का निर्वतमान वडा अध्यक्ष नरमान श्रेष्ठ र पत्रकार सुरेश कसजू लगायतले निरन्तरण समन्वय गर्दै आइरहनुभएको थियो  ।

उतm शिलान्यास कार्यक्रममा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा , प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने , नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा ,उपमेयर सिता थापा , जिल्ला प्रहरी कार्यलयका प्रमुख , जिल्ला अनुसन्धान कार्यलयका प्रमुख , वडाध्यक्ष रामप्रसाद गौतम ,पुर्व मेयर अमानसिंह तामाङ , पुर्व वडाध्यक्ष नरमान श्रेष्ठ , पुर्व वडाध्यक्ष उमा दुलाल ,पत्रकार , स्थानीय लगाएतका व्यतिmत्वहरुको उपस्थीति रहेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्