२०८१ मंसिर ७
                           

जुगल बोर्डिङका ५८ जना विधार्थि दिक्षित भए 

चाैतारा,१२फागुन

जुगल बोर्डिङ हाइस्कूलको दिक्षान्त समारोह सकिएको छ ।शुक्रबार  चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सकिएकाे हो ।

प्रमुख अतिथि थापाले समारोहको उद्घाटन गर्दै चौतारा लगायत आसपासको शैक्षिक श्रीवृद्धिका लागि जुगल वोर्डिङ हाईस्कूलले खेल्दै आएको बताउँनु भयाे।यस्तै साेहि कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले दिक्षान्त समारोहले शिक्षा आर्जनका लागि बालबालिकाहरुमा थप हौसला र प्रेरणा प्राप्त हुने बताउनुभयो ।दिक्षान्त समारोहमा एलकेजीमा अध्ययनरत ५८ बालबालिकाहरु दिक्षित भएकाछन् ।

सो अवसरमा बालबालिकाहरुले आफना नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव विदुर आचार्य, प्रेस सेन्टर नेपाल, सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीष, अभिभाव र विद्यार्थीहरुको व्यापक उपस्थिति रहेका थिए ।

शिक्षक पुकार उप्रेतिले सञ्चालन, सविना बुढाथोकीको स्वागत गरेको कार्यक्रमको सभापतित्व भने प्रिन्सिपल ओमप्रकाश उप्रतिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्