२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोक घेदुङको ७ औं अधिवेशन फागुन २७ गते हुने

सिन्धुपाल्चोक , १३ फागुन
तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको सिन्धुपाल्चोक को सातौं जिल्ला अधिबेशन फागुन २७ गते हुने भएको छ । जिल्ला घेदुङ को अधिवेशन जुगल गाउँ पालिका को चनौटे मा हुन लागेको हो ।

घेदुङको सांगठनिक संचरना संघीय ढाँचामा गए पछिको यो पहिलो अधिवेशन भएकोले अधिवेशन जिल्ला का बुद्धिजीवी राजनीतिक दलका अगुवा तामाङ प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता संख्या बढाउनु पर्ने अध्यक्ष रेशम स्याङ्बोले बताउनुभयो ।

अधिवेशन सम्पन्न गर्नको लागि घेदुङले आवश्यक मापदण्ड प्रतिनिधि संख्या निर्धारण गर्नुको साथै संस्थागत दायित्व प्रतिनिधि शुल्क र विभिन्न उप समितिहरु निर्माण गरि सबै कामको जिम्मेवारी दिने भएको छ।
संघीय संरचना कोरोना लगायत विविध कारण ले समय अवधि भित्र नयाँ नेतृत्व चयन गर्न सकिएको थिएन।

प्रतिक्रिया दिनुहोस्