२०८१ भाद्र २३
                           

प्रेस सेन्टर सिन्धुपाल्चोकद्वारा शहीद सप्ताहकाे सुरुमा कञ्चनकाे सम्झना

चाैतारा १४ फागुन
प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले शहीद सप्ताहकाे सुरुकाे दिनमा साहित्यकार एवं पत्रकार कञ्चन प्रियदर्शिलाई सम्झना गरेकाे छ ।
जनयुद्धको पहिलाे शहीद दिल बहादुर रम्तेललाई ११ बर्षकाे उमेरमा सेनाले हत्या गरेकाे थियाे ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष एवं सेन्टरका सल्लाहकार जीवन श्रेष्ठ र सल्लाहकार सुरेश कसजु लगायत प्रेस सेन्टर सिन्धुपाल्चोकका पत्रकारहरुले ईश्वरकृष्ण बुढाथोकी `कञ्चन´ काे तस्बिरमा पुष्पगुच्छा र मैनबत्ती वालेर श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे हाे।


कञ्चनकाे २०५९ बैशाख १६ गते बलेफी गाउँपालिका १ साँउबाेटेमा तत्कालीन शाही नेपाली सेनाद्वारा गाेली हानी हत्या गरिएको थियाे ।
उहाले २०५१ सालमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव र २०५३ सालमा उपसभापतिकाे जिम्मेवार बहन गर्नुभएकाे थियाे । कञ्चन प्रगतिशील साहित्यकार समेत हुनुहुन्थ्यो ।

ि
१० बर्षे शसस्त्र जनयुद्धको क्रममा शहादत प्राप्त गर्ने शहीदहरुकाे सम्झनामा फागुन १४ देखी २१ गते सम्म सप्ताहव्यापी रुपमा शहीद दिवश मनाउने गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्