२०८१ भाद्र २३
                           

तातोपानीका मजदुरको मर्का : दिनभर काम तर रित्तोहात 

सिन्धुपाल्चोक ,१९फागुन

उत्तरी नाका तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले ज्याला नपाउँदा उनीहरूको दैनिकी कष्टकर बन्दै गएको छ । चीनबाट ढुवानी गरेर आइपुगेको सामान भन्सार जाँचका लागि पल्टी गरेबापतको ज्याला एक वर्षदेखि नपाउँदा ६ सय ४२ मजदुरलाई हातमुख जोड्न समस्या भएको छ।

यहाँ काम गर्ने मजदुरहरूको आफ्नो जग्गाजमिन छैन । सम्पूर्ण रूपले ट्रान्सपोर्टको ज्याला मजदुरीमा निर्भर उनीहरू यही कामबाट परिवारको पेट पाल्ने गर्दर्थे । पुरानो ज्याला पाइन्छ कि भनेर अहिले पनि उनीहरू दिनभर खटेर सामान ओसारपसार गर्छन् तर साँझ रित्तो हात घर फर्किन बाध्य भएका छन् ।

चीनबाट सीमित मात्रामा कन्टेनरहरू भन्सारमा आउने हुँदा त्यसै पनि मजदुरहरूले भने जसरी काम गर्न पाएका छैनन् । ज्याला पाउने आश्वासनमा मजदुरहरूले वर्ष दिन बिताइसके । ज्याला कहिले पाउँने पत्तो छैन । मजुदुरहरु मर्कामा परेका छन् । हाल तातोपानी नाकाबाट सामान आयात मात्रै हुने गरेको छ ।  दैनिक भन्सारमा आएर पसिना चुहाउँदै काम गर्ने तर साँझ रित्तो हात फर्किनुपर्ने बाध्यताको अन्त्य गराइदिन मजदुरहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्