२०८१ भाद्र २३
                           

जुगल हिमालको बेसक्याम्प पुगेर १०६ जना किशोरीले लिए तालीम

सिन्धुपाल्चोक ,१९ फागुन
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा जुगल हिमशृङ्खलाको बेसक्याम्प पुगेर १०६ जना किशोरीहरुले स्थानीय पर्वतारोहण सम्बन्धि तालीम लिएका छन् । विश्व समावेशी साहसी संस्था जीआईए को आयोजनामा जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा तालिम दिइएको थियो । १०६ जना किशोरीलाई जुगल गाउँपालिकाको तीन दिने यात्रामा जिल्लाभरको इतिहास, भूगोल, धर्म संस्कृति बारे जानकारी दिइएको छ ।

५ जना अन्तर्राष्ट्रिय पर्वतारोही प्रशिक्षकद्वारा पर्वतारोहीले पर्वतारोहण सम्बन्धी सम्पूर्ण तालिम अर्न्तगत ट्रेकिङ म्याप, प्राथामिक उपचार तालिम, म्याप नेभिगेशन सहित अन्य पर्वत चढ्न आरोहीले गर्नुपर्ने सामग्री र तयारी बारे प्रयोग गरेर सिकाइएको छ । फागुन १३ गते बिहान एक सय ६ जना किशोरी, ११ जना प्रशिक्षकको टोली जुगल–५ बराम्ची चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट जुगल हिमालका लागि गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्