२०८१ भाद्र २३
                           

तेक्वान्दो प्रतियोगितामा समृद्धि र सचिन उत्कृष्ट

चौतारा,२०फागुन
चौतारा साँगाचोकगढी नगरपालिका ५ छाप कभर्डहलमा दोस्रो हिराहरि तेक्वान्दो अन्तर क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता महिलातर्फ समृद्धि खड्का र पुरुषमा सचिन तामाङ उत्कृष्ट खेलाडी भएका छन । उत्कृष्ट भएसङै जनही एक हजार रुपैयाँ नगद , ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन।

एक दिने तेक्वान्दो प्रतियोगिताको उद्घाटन समारोहमा सभाध्यक्ष डोजाङका सदस्य रमेश श्रेष्ठ, प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा , विशेष अतिथी, सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समिति अध्यक्ष सुरेश राना मगर, अतिथिहरुमा ५ न.ं चौतारा साँगाचोकगढीका वडा सदस्य रामबहादुर घले नगर खेलकुद विकास समितिका अध्यक्ष गणेश श्रेष्ठ, वरिष्ठ तेक्वान्दो प्रशिक्षक राजकुमार लामा तथा अभिभावकहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हाे।

प्रतियोयोगिताको क्योरुगि विधातर्फ पुरुष २४ देखि २८ के. जिमा कुशल ढुङ्गानाले स्वर्ण , समर्पण थापाले रजत पदक र नोर्गेल शेर्पाले कास्य पदक जित्न सफल भएका हुन। पुरुष २६ देखि २८ के. जि.मा सौगात खड्काले स्वर्ण रेहान श्रेष्ठले रजत र राजिब ढुङ्गाले कास्य पुरुष ३० देखी ३२ के. जो.मा सचिन तामाङले स्वर्ण , लाक्पा शेर्पाले रजत , मोहित घिमिरे र राकेश मगरले कास्य, पुरुष ३३ के. जि.मा अनमोल कार्कीले स्वर्ण , सुशील चौलागाईंले रजत र प्रवेश नेपालले कास्य पुरुष ४० देखि ४४ के. जि.मा अन्जन पुरिले स्वर्ण , मिङमार तामाङले रजत र विनय हिमालयले कास्य, पुरुष ४६ देखि ४९ के. जि. मा निशान ढुङ्गानाले स्वर्ण , सुरज थापाले रजत साइमन तामाङले कास्य पुरुष ६० देखि ६३ के. जि. मा बिजय तामाङले स्वर्ण र अायान श्रेष्ठले रजत पदक जित्न सफल भएका छन । तेस्तै गरि महिला २३ देखि २६ के. जि. मा समृद्धि खड्काले स्वर्णका साथै उत्कृष्ट महिला खेलाडीको ट्रफि उचाल्न सफल भएको छ सोही तौल समुहमा स्मृति नेपालले चित्त बुझाएकि छिन्  । महिला ३० देखि ३४ के. जि मा आर्जु श्रेष्ठले स्वर्ण , खुशी धितालले रजत र अनायरा श्रेष्ठले कास्य महिला ३५ देखि ३९ के. जि मा सलिना चुहानले स्वर्ण र प्रयुशा पराजुलीले रजत, महिला ४० देखि ४५ के. जि. मा राफिका ढुङ्गेल स्वर्ण सदिना खत्रीले रजत र सुनिधी कक्षापतिले कास्य, महिला ४६ देखी ४८ के . जि मा अमिशा तामाङले स्वर्ण र सोफिया श्रेष्ठ ले रजत पदक जित्न सफल भएका हुन।

पुम्से विधा तर्फ सेतो पेटी देखि पहेँलो पेटीमा राजिव ढुङ्गानाले स्वर्ण, प्रवेश नेपालले रजत र रोनित गिरिले कास्य, पहेँलो देखि हरियो पेटीमा राकेश मगरले स्वर्ण , नोर्गेल शेर्पाले रजत र लाक्पा शेर्पाले कास्य, हरियो देखि निलो पेटीमा मिसन बागदासले स्वर्ण , सचिन तामाङले रजत, मोहित घिमिरे र रेहान श्रेष्ठले कास्य, रातो पेटीमा कुशल ढुङ्गानाले स्वर्ण , साइमन तामाङले रजत र रुस्तम घिमिरे र सुशील चौलागाईंले कास्य, कालो पेटीमा बिजय तामाङले स्वर्ण , निशान ढुङ्गानाले रजत, सुरज थापा र अन्जन पुरीले कास्य पदक जित्न सफल भएका छन् ।

कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका उप प्रमुख सीता थापाले यस्तो प्रकारको प्रतियोगिता तथा तेक्वान्दो विकासका कार्यक्रममा सदैव नगरपालिकाको तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता  गर्नुभयो । उद्घाटन समारोह तथा समापन समारोह हिराहरी तेक्वान्दो डोजाङका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले सन्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्